Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बैठकअघि ओली-प्रचण्ड छलफलमा

बैठकअघि ओली-प्रचण्ड छलफलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २०, २०७७ शनिवार • १३:३६:२५ बजे
  • 2.2K
    SHARES
  • बैठकअघि ओली-प्रचण्ड छलफलमा

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्। पार्टी सचिवालय बैठक बस्नुअघि दुई अध्यक्ष छलफलमा जुटेका हुन्। दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाइएको छ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भइरहेको छ। उनीहरुबीच पार्टीको आन्तरिक विवादमा छलफल भइरहेको बताइएको छ। ओली र प्रचण्डबीच गत कात्तिक २५ गते यता भेटवार्ता हुन सकेको थिएन। दुई अध्यक्षलाई भेटघाटको वातावरण बनाउनका लागि दुवै पक्षका दोस्रो तहका नेताहरू सक्रिय भएका थिए।

    ओली र प्रचण्डबीच छलफलको वातावरण बनाउन आज बिहान मात्र स्थायी कमिटी सदस्यसमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली प्रचण्ड निवास खुमलटार पुगेका थिए। यसअघि शुक्रबार सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डसँग भेट गरेका थिए। बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई छुट्टाछुट्टै भेट गरेका थिए।

    दुवै अध्यक्षबीच बढ्दै गएको सम्बन्ध सुधारका लागि शुक्रबार पार्टी महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र वर्षमान पुनबीच छलफल भएको थियो। ओलीलाई भेट्नुअघि प्रचण्डले खुमलटारस्थित निवासमा माधव नेपाललगायतका नेताहरुसँग छलफल गरेका थिए।

    फरकफरक राजनीतिक प्रस्ताव सचिवालय बैठकमा ओली र प्रचण्डले पेस गरेपछि आरोप-प्रत्यारोपमा उत्रिएका उनीहरू २६ दिनपछि पहिलो पटक वन-टु-वन छलफलमा बसेका हुन्।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology