काठमाडौं, २१ असार। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ। आइतबार मेलम्ची आयोजनाको निर्माणसम्पन्न भएकोबारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीकोउद्घाटन छिटै गरिने जानकारी आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको छ। सुरुङ मार्गभरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै मेलम्ची आयोजना प्रमूख तिरेशकुमार खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटरलामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी बितरणको प्रक्रिया सुरु गरिने बताए।
पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरववोध भएकोबताइन्। मन्त्री मगरले भनिन्, ‘मेलम्चीबारे थुप्रै आशंकाहरु थिए। आम जनतामा निरासा थियो। मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्नेखालका चिन्ताहरु पनि थिए। तर, हामीले चुनौतीसँग जुध्यौं। ती सबै आशंकाहरु, अन्यौलताहरु, गलत प्रचारहरु हटाएर रातदिन काममाखटिरह्यौं। आज आयोजना सम्पन्न भएको छ। यो हाम्रा लागि ऐतिहासिक उपलब्धी मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्नेसबैलाई धन्यवाद दिइन्। मन्त्री मगरले भनिन्, ‘मेलम्ची आयोजना निकै लामो समयदेखि सुरु भएको आयोजना हो।
मैले मन्त्रालयकोनेतृत्व सम्हालेपछि निकै मेहेनतका साथ आयोजना सम्पन्न गर्न लागिरहें। आयोजना सम्पन्न गर्ने क्रममा थुप्रै चुनौतीहरु आए, अनेकौं गलतप्रचारहरु गरिए। तर, हिम्मत नहारिकन हामी अगाडि बढ्यौं। त्यसकै प्रतिफल आजको उपलब्धी हासिल गरेका छौं। यसले हामी सबैनेपालीको शीर उच्च भएको छ।’
पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निकै चुनौतीपूर्ण आयोजना सम्पन्न गरिएको बताए। उनलेआयोजनाको निर्माण कार्य सम्पन्न भएको र अब छिटै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा बितरण गरिने जानकारी दिए।