Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरीकी अनुसन्धानकर्ताहरुले नै कोरोना भाईरस चीनबाट नफैलिएको निष्कर्ष

अमेरीकी अनुसन्धानकर्ताहरुले नै कोरोना भाईरस चीनबाट नफैलिएको निष्कर्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २०, २०७७ शनिवार • १९:४४:०४ बजे
  • 1.8K
    SHARES
  • अमेरीकी अनुसन्धानकर्ताहरुले नै कोरोना भाईरस चीनबाट नफैलिएको निष्कर्ष
    एजेन्सी /अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोना भाईरस फैलाएको, चीनीया भाईरस, वुहान भाईरस भनेर टिप्पणी गरे पनि अमेरीकी अनुसन्धानकर्ताहरुले नै कोरोना भाईरस चीनबाट नफैलिएको निष्कर्ष निकालेका छन् ।
    डिसेम्बर ३१, २०१९ मा कोरोना भाईरसको पहिलो नमुना चीनमा भेटिएको थियो ।
    त्यो आधिकारीक रुपमा घोषित भए पनि त्यस अघि नै कोरोना संक्रमितहरु अमेरीकामा भेटिएको अनुसन्धानले पुष्टी गरेको शोधमा भनिएको छ ।
    चीनमा देखिनु पुर्व धेरै साता अघि नै यो भाईरसले संकमण गरीसकेको सो अध्ययनको निष्कर्ष छ । अमेरीकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड पिभेन्सन(सिडिसी) का वैज्ञानिकहरुले गरेको शोध क्लिनिकल ईन्फेक्सियस डिजिजमा पकाशित छ ।
    उक्त शोध अनुसार अमेरीकाको तीन राज्यको ३९ जनामा कोरोना भाईरससँग सम्बन्धित एन्टीबडीज पाईएको छ । यो कोरोना भाईरस घोषित हुनु दुई साता अघिको कुरा हो । यद्यपि, अमेरीकामा २१ जनवरी, २०२० मा कोरोनाको पहिलो घोषित केस दर्ता भएको थियो ।
    १३ डिसेम्बर २०१९ देखि १७ जनवरी २०२० भित्र ७ हजार ३८९ जनाले रक्तदान गरेका थिए । त्यस मध्य एक सय ६ जनामा कोरोनाको एन्टीबडिज पाईएको थियो । क्यालिफोर्निया, ओरेगान र वासिंग्टनमा ती एन्टीबडीज देखा परेको थियो ।
    यसरी भाईरसको सम्पर्कमा आउने मध्य अधिकांश पुरुष रहेको पनि शोधमा देखिएको छ । ती संक्रमितहरुमा कोरोना भाईरसको लक्षण समेत देखिएको पनि समाचारमा उल्लेख छ ।
    अमेरीकाको आफनै अनुसन्धानले पनि चीनले कोरोना भाईरस फैलायो भन्ने अमेरीकी राष्ट्रपति टम्प र उनको प्रशासनको प्रचारलाई यो अनुसन्धानले स्वयं खण्डन गरको छ । विश्वभर ६ करोडमाथि कोरोना संकमित पुगेको छ भने १५ लाख बढीको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology