एजेन्सी । चीन चन्द्रमामा झण्ड फहाराउने विश्वकै दोस्रो मुलुक बनेको छ ।चीनको चन्द्रयान चांग ई–५ बायुविहिन चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरी राष्ट्रिय झण्डा फहराएको हो ।यसअघि अमेरिकाले सन १९६९ मा एपोलो ११ यान मार्फत पहिलो पटक चन्द्रमामा आफ्नो राष्ट्रिय झण्डा फहराएको थियो ।
चन्द्र सतहमा फराइएको चिनियाँ झण्डा २ मिटर चौडा र ९० सेन्टिमिर उचाइको छ भने तौल झण्डै एक किलो छ ।झण्डालाई चन्द्र सतहको अधिक चिसो तापक्रमले नष्ट गर्न नसक्ने गरी तयार पारिएको परियोजना प्रमुख लि युनफेङले बताए ।उनका अनुसार सामान्य झण्डा चन्द्रमाको वातावरणमा धेरै समय टिक्न सक्दैन ।
चिनियाँ चन्द्रयान चांग ई–५ चन्द्र सतहको माटो लिएर फर्किएको छ ।चन्द्र सतहको माटो लिएर फर्कने मुलुक चीन अमेरिका र रुस पछि तेस्रो भएको छ । यसअघि चांग ई–५ यानलाई २४ नोभेम्बरमा दक्षिणी चीनको भेनचाङ स्टेशनाट प्रक्षेपण गरिएको थियो ।
यानलाई चन्द्रमासम्म पुर्याउन चीनले आफ्नो सबैभन्दा शक्तिशाली रकेट लंग मार्च–५ को प्रयोग गरेको थियो ।यो रकेट मट्टीतेल र तरल अवस्थाको अक्सिजनबाट चल्छ ।चीनको महाशक्तिशाली मानिने यो रकेट १८७ फुट लामो छ भने यसको तौल ८७० टन रहेको छ ।
चांग ई–५ यान चन्द्र सतहमा सफलतापूर्वक अवतरण गरेको चीनको तेस्रो मिसन रहेको बिबिसीले जनाएको छ ।