नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहानै सामाजिक सञ्जालमा प्रहार गरेका छन्।
थापाले फेसबुकमा वामदेव गृहमन्त्री भएको समयमा ट्राफिक नियम उल्लंघन गरेको तस्विर राख्दै सोधेका छन्, 'को कस्तो? तस्बिर काफी छ!' उक्त तस्विर नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको थियो।
शनिवारको सचिवालयमा वामदेवले थापालाई पदबाट हटाउन माग गरेका थिए। थापालाई नहटाए प्रधानमन्त्री र पार्टी दुबैलाई सिध्याइदिने वामदेवले माग गरेको बताइएको छ। सोही विषयमा रिस साँध्न थापाले फेसबुकमार्फत उक्त स्टाटस् सार्वजनिक गरेको आँकलन गरिएको छ।
यद्यपि प्रेस सल्लाहकार थापाको सार्वजनिक धारणालाई प्रधानमन्त्रीको धारणाका रुपमा समेत हेरिएको छ।