Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु

चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७७ आइतवार • १५:२५:१६ बजे
  • 1.6K
    SHARES
  • चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु

    एएनआई । चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो ।

    images

    उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो ।

    त्यस दुर्घटनामा परेका अर्का एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको यहाँका उद्धारकर्मी तथा मजदुरहरुले जानकारी दिएका हुन् । चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारमा शुक्रबार अपरान्ह पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको थियो ।

    त्यो कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो । सरकारले तय गरेका सुरक्षाका मापदण्डहरु पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालैमात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो ।

    चीनमा कोइला खानीमा यस्ता दुर्घटनाहरु बारम्बार हुने गरेका छन् । यस दुर्घटनापछि यस खानीको पनि अनुसन्धान गरिने भएको यहाँको प्रहरीले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology