Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष ओली अनुपस्थिति

नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष ओली अनुपस्थिति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७७ आइतवार • १५:२६:४६ बजे
  • 1.3K
    SHARES
  • नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष ओली अनुपस्थिति

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सुरु बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सचिवालय बैठकमा पेश गरेका दुई छुट्टाछुट्टै प्रतिवेदनमा छलफल हुनेछ । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा सुरु बैठकमा ओलीबाहेक अरु अधिकांश नेताहरु सहभागी भएका छन् ।

    images

    स्थायी कमिटी बैठक बस्न आवश्यक नभएको बताएका ओली आजको बैठकमा सहभागी छैनन् । । उनले सचिवालयमै आवश्यक छलफल गरे पनि प्रतिवेदनहरुमा स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल हुन नहुने बताएका थिए । आजको बैठकमा प्रतिवेदनहरु वितरण गर्ने तयारी छ । ओलीको सचिवालयले भने दूरी कायम गर्न असम्भव भएकाले आजको बैठकमा सहभागी नभएको जनाएको छ ।

    नेकपामा विवाद चर्किदै गएपछि कात्तिकको अन्तिम हप्ता बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सरकार चौतर्फी असफल भएको निष्कर्षसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बहुमत सचिवालय सदस्यको सहमतिमा पेश भएको प्रतिवेदनमा ओलीले निकास दिनुपर्ने निष्कर्ष निकालिएको छ ।

    आफूविरुद्ध विभिन्न प्रश्नसहित पेश भएको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै प्रचण्डको प्रतिवेदनको जवाफ पनि नदिने र बैठकमा छलफल पनि नहुने बताएका ओलीले मंसिर ३ गतेको बैठकमा आफूलाई जवाफी प्रतिवेदन तयार गर्नका लागि १० दिनको समय माग गरेका थिए ।

    १३ गतेको सचिवालयमा ओलीले नेपालको शान्ति प्रक्रियादेखिका विषयबस्तु समेटेर प्रचण्डको प्रस्तावविरुद्ध जवाफी प्रस्ताव पेश गरेका थिए । प्रचण्डले पार्टी एकतापछिका गतिविधिमात्र समेटेकोमा ओलीले शान्ति प्रक्रियापछिका विभिन्न विषयमा प्रश्न उठाएका छन् ।

    प्रतिवेदन पेश गरेपछि ओलीले १६ गतेको बैठकमा प्रचण्डको प्रस्तावमा छलफल हुन नसक्ने र सचिवालय बैठकको औचित्य नभएको बताएका थिए । ओलीले बहुमतको निर्णय पनि नमान्ने भन्दै १७ गतेको सचिवालय बैठक बहिष्कार गरेका थिए ।

    प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले २० गते अर्थात आजसम्मका लागि सचिवालय बैठक स्थगित गरेको थियो । १८ गते बस्ने तय भएको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको हो । हिजोको सचिवालय बैठकले आजको बैठकमा अध्यक्षद्वयका प्रतिवेदन पेश गर्ने निर्णय गरिसकेको छ । यसअघि नै नेकपा केन्द्रीय कमिटी बैठक २५ गतेका लागि बोलाइसकिएको छ ।

    पार्टीका हरेक तहमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफूले बहुमतको निर्णय नमान्ने बताउँदै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology