Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बोल्ने पक्षमा थिइन, कमरेड ओलीको पत्रले बोल्नैपर्ने भयो :प्रचण्ड

बोल्ने पक्षमा थिइन, कमरेड ओलीको पत्रले बोल्नैपर्ने भयो :प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७७ आइतवार • २०:४३:१२ बजे
  • 2.3K
    SHARES
  • बोल्ने पक्षमा थिइन, कमरेड ओलीको पत्रले बोल्नैपर्ने भयो :प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा पनि आरोप प्रत्यारोप सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध विभिन्न आरोप लगाएपछि प्रचण्डले पनि बैठकमा आरोपको खण्डन गरेका छन् ।

    images

    ओलीको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गरेपछि प्रचण्डले भने, ‘आजको बैठकमा म बोल्ने पक्षमा थिइन, प्रस्तावहरु वितरण गर्ने र स्थगित गर्ने भन्ने थियो । अध्यक्ष कमरेड ओलीको पत्रले बोल्नैपर्ने भयो, त्यसैले केही बोल्नु उचित लागेको छ ।’

    प्रचण्डले आफ्नो प्रस्ताव औपचारिकरुपमा बैठकमा ओली आफैले छलफल गरिसकेको जानकारी गराए । उनले भने, ‘उहाँ आफैँले प्रस्तावमाथि छलफल गरिसक्नु भएको छ । छलफल गर्न मिल्दैन भन्ने कुरामा कुनै तुक नै छैन । बरु, यहाँ आएका हाम्रा प्रस्तावहरुमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रयास गर्नुपर्छ ।’

    ओलीले फायर खोलेपछिमात्रै आफूहरुले जवाफ दिएको प्रचण्डको भनाइ छ । उनले बैठकमा भने, ‘स्थायी कमिटीको निर्णयविरुद्ध उहाँले पटक पटक काम गर्नुभयो, अपानीमा पनि उहाँको असहमति, कार्यदलको प्रतिवेदनमा पनि असहमति देखियो । सचिवालय बैठक माग गरेर प्रवक्ताले दुई दुई पटक पत्र पठाउँदा पनि मान्नु भएन । हामीले बैठकका लागि लिखित आग्रह गरेपछि उहाँले फायर खोल्नुभयो । हामी सबैजनाको अपमान गरेर उहाँले फायर खोलेपछि प्रतिउत्तर दिइएको हो ।’

    प्रचण्डले अब प्रस्तावहरु फिर्ता नहुने बताए । उनले भने, ‘अब छलफल गरेर सार्थक निष्कर्षमा पुग्नुपर्छ । ओली कमरेडकै कारण पार्टी संकटमा परेको हो । अब उहाँले र मैले पेश गरेका प्रस्तावहरु फिर्ता लिन मिल्दैन, यी जनताको मनमनमा गइसकेका छन् । सकरात्मक तरिकाले अर्को निष्कर्ष निकालेरमात्रै हामी अगाडि बढ्न सक्छौँ । उहाँलाई पार्टीका कुनै पनि कमिटीप्रति विश्वास नै छैन ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology