Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनार्दन शर्माको एक पन्ने विशेष प्रस्ताव (पूर्णपाठ)

जनार्दन शर्माको एक पन्ने विशेष प्रस्ताव (पूर्णपाठ)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७७ आइतवार • २०:४५:२९ बजे
  • 1.4K
    SHARES
  • जनार्दन शर्माको एक पन्ने विशेष प्रस्ताव (पूर्णपाठ)

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नेताहरुबीचमा भएको विवाद समाधानका लागि भइरहेको प्रस्तावमाथि प्रस्तावको दोहोरीमा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ पनि थपिएका छन् । आजबाट शुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा उनले दुबै अध्यक्षलाई सम्बोधन गर्दै एक पन्नाको ‘विशेष प्रस्ताव’ पेश गरेका छन् ।

    images

    नेकपामा सचिवालय बैठक आव्हानका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका पाँच जना सचिवालय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो पत्र लेखिएको थियो । सोको जवाफमा प्रधानमन्त्री ओलीले १० पृष्ठ लामो जवाफ पठाएका थिए । उक्त १० पृष्ठ लामो पत्रको कार्यकारी अध्यक्ष प्रचण्डले ७ पृष्ठमा प्रत्यूत्तर दिएका थिए । साथै, उनले १९ पृष्ठको प्रस्ताव सचिवालय बैठकमा पेश गरेका थिए । उनको उक्त प्रस्तावको फेरी अध्यक्ष ओलीले ३८ पृष्ठ लामो अर्का प्रस्ताव पेश गरे ।

    यसरी एकपछि अर्को पत्र र प्रस्तावको दोहोरीमा नेता शर्माको पनि एक पृष्ठको प्रस्ताव आजको स्थायी समिति बैठकबाट थपिएको छ । उनले आफ्नो प्रस्तावमा नेकपाको सरकार र गृह प्रशासनले संघीयता विरोधी कृयाकलापको रक्षा गरिरहेको छ भन्ने जनआवाज सुनिन थालेको भन्दै संघीयताको पक्षधर सबै पार्टीहरुको बीचमा छलफल आयोजना गरी जनभावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    उनले दुबै अध्यक्षहरुको प्रस्ताव र पार्टीमा उत्पन्न विवादमा नछोइ कोभिड महामारीबारे तत्काल भ्याक्सिन ल्याइ कोरोना भाइरसबाट जनताको जीवन रक्षा गर्नका साथै पूर्णरुपले आर्थिक गतिबिधिहरु सुचारु हुने अवस्था श्रृजना गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

    हेर्नुहोस् स्थायी समिति सदस्य शर्माको विशेष प्रस्तावको पूर्णपाठः–

    क.अध्यक्षद्वय, 
    नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ।

                    विषय : बिशेष प्रस्तावमा तत्काल छलफल गर्ने बारे । 

    नेपाल कम्युनिस्ट पार्टी(नेकपा) संघिय लोकतान्त्रिक गणतन्त्रको संवाहक र संरक्षक समेत हो भन्ने कुरामा कुनै दुबिधा छैन । यस विचमा सरकारले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णय बाट उत्साहित गणतन्त्र विरोधिहरु आज खुलेआम संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका छन । नेकपाको सरकार र गृह प्रशासन यस्ता कृयाकलापको रक्षा गरिरहेको छ भन्ने जन आवाज सुन्निन थालेको छ । बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ । यसबाट नेपाली जनतामा ठुलो असन्तुटि पैदा हँुदै जाने सन्र्दभमा नेकपाको स्थायी कमिटि बैठक संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता सहित दृढ संकल्प गरौ । जनताको आवाज नसुन्दा त्यसले गम्भीर परिणाम निम्त्याउने बारे हाम्रो नेतृत्व स्पष्ट नै छ । तसर्थ संघियताको पक्ष्यधर सबै पार्टीहरुको विचमा छलफल आयोजना गरी जनभावना अनुसार सरकारका कमि कमजोरीहरु सच्चाउँदै जनतामा देखिएको असन्तुटि लाई संबोधन गर्न अव ढिला गर्नु हुदैन । 
    मुख्य गरी कोभिड महामारी बारे तत्काल भ्याक्सिन ल्याइ कोरोणा भाइरस बाट जनताको जीवन रक्षा गर्नका साथै पूर्णरुपले आर्थिक गतिबिधिहरु सुचारु हुने अवस्था श्रृजना गर्नु पर्दछ  । अन्य समस्याहरु समेत प्राथमिकता तोकि समाधान गनु पर्दछ । म सिंगो स्थायी समितिको बैठकको ध्यानाकर्षण गर्दै यसबारे छलफल एंव तत्काल निर्णयमा पुग्नका लागि यो विषेश प्रस्ताव प्रस्तुत गर्दछु ।
                                                 

     जनार्दन शर्मा(क.प्रभाकर)
     मितिः२०७७÷०८÷२१                             स्थायी कमिटी सदस्य 
                                                  नेपाल कम्युनिस्ट पार्टी(नेकपा) 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology