अभिनेत्री श्वेता खड्का आज बिवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयन्द्रसिंह रावतसँग उनको आज बिवाह हुन लागेको हो । बिवाहमा दुबै परिवार निकटका सदस्य मात्र उपस्थित हुने बताईएको छ ।
श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको बताइए पनि श्वेताले भने यो हल्ला मात्र भएको बताएकी थिइन् । नायिका खड्काको यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते बिवाह भएको थियो । बिवाहको एक महिनापछि श्रेष्ठको निधन भएको थियो । त्यस यता उनी सामाजिक कार्यहरुमा सक्रिय हुँदै आएकी थिइन् । यससँगै उनले आफ्नो कलायात्रालाई पनि निरन्तरता दिइरहेकी छिन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो बिवाहको बारेमा निकै लामो स्टाटस लेखेकी छिन् । कोरोना संक्रमण जोखिमका कारण विवाहमा सबै शुभचिन्तकहरुलाई बोलाउन नसकिएको उनले बताएकी छिन् ।