Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री केपी ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी ओलीले बोलाए सर्वदलीय बैठक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २२, २०७७ सोमवार • १४:२८:५५ बजे
  • 2.6K
    SHARES
  • प्रधानमन्त्री केपी ओलीले बोलाए  सर्वदलीय बैठक
    प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।  बैठक भोलि मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका वेला प्रधानमन्त्री ओलीले अकस्मात् सर्वदलीय बैठक डाकेका हुन् । 

    हिजो आइतबार नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए । उनले आफू पूर्ववत् सर्तअनुसार बैठकमा उपस्थित हुन नसक्ने पत्रमार्फत जनाएका थिए । 

    बैठकमा अहिलेको बदलिँदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । 

    खासगरी पछिल्ला दिनमा सडकमा देखिएको प्रदर्शनका विषयमा दलहरूको साझा धारणा बुझ्नका लागि बैठक डाकिन लागेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology