Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रयोगशाला सञ्चालनपछि विषादीको कम प्रयोग

प्रयोगशाला सञ्चालनपछि विषादीको कम प्रयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७७ मंगलवार • ०९:३९:५८ बजे
  • 961
    SHARES
  • प्रयोगशाला सञ्चालनपछि विषादीको कम प्रयोग

    चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि फलफूल तथा तरकारीमा विषादीको प्रयोग कम हुन थालेको छ । किसान र उपभोक्ता यसबारे सचेत बन्दै गएकाले विषादीको मात्रामा कमी आएको हो ।

    images

    भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको नियमित परीक्षण गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अधिकृत पूर्णिमा क्षेत्रीले शुरुको तुलनामा आजभोलि चितवनको फलफूल तथा तरकारी खान योग्य बन्दै गएको बताइन् ।

    उनले भनिन्, ‘हामीले महानगर फलफूल तथा तरकारी बजारमा गएर हरेक दिन पाँचवटा नमूना लिएर आउँछौँ । यदि ४५ प्रतिशतभन्दा बढी विषादी प्रयोग भएको देखिएमा पूरै तरकारी नियन्त्रण गरेर नष्ट नै गर्न लगाउँछौँ, ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा भने सबै तरकारी क्वारेन्टिनमा राखेर पछि फेरि परीक्षण गर्दछौँ ।’

    उनले भरतपुरको बजारमा आउने तरकारीमा ३५ प्रतिशतभन्दा बढी विषादी नपाइएकाले खानयोग्य रहेको बताए । उनले भने, ‘केही समय अगाडि काँक्रोमा ३५ प्रतिशत बढी विषादी देखिएको थियो तर आजभोलि भने भेटिएको छैन ।’

    प्रयोगशाला स्थापनाले व्यापारी, उपभोक्ता र किसान सबै सचेत बन्दै गएको उनको भनाइ थियो । प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा झण्डै एक वर्ष अगाडिदेखि प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक फरक–फरक ठाउँबाट पाँचवटा नमूना लिएर परीक्षण गरिरहेको छ ।

    एउटा परीक्षण गर्न आधा घण्टा हाराहारी लाग्ने गर्दछ । परीक्षण गर्दा खान अयोग्य देखिएमा बिक्री गर्न बन्देज लगाइने गरेको छ । परीक्षण विधिलाई ‘आरबिपीआर’ (विषादी अवशेष द्रुत विश्लेषण) भनिन्छ । यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ ।

    प्रारम्भिक परीक्षणमा बोडी र भण्टामा बढी विषादी पाइएको भए पनि आजभोलि भेटिएको छैन । प्रदेश सरकारको उपकरण, कृषि प्रवद्र्धन बजार विकास प्रालिको स्थान, भरतपुर महानगरपालिकाको स्थानको व्यवस्थापन एवं आवश्यक रसायनसँगै कृषि ज्ञान केन्द्र र महानगर मिलेर कर्मचारी व्यवस्थापन गरेका छन् ।

    महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले विषादी परीक्षण प्रयोगशालाले प्रभावकारी ढङ्गले काम गरिरहेको बताए । भरतपुरको बजारमा दैनिक १५० टन तरकारी र ५० टन हाराहारी फलफूल आउने गरेको छ । 

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology