Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोली हानी हत्या

विप्लव समूहका कार्यकर्ताले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या

विप्लव समूहका कार्यकर्ताले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २३, २०७७ मंगलवार • १२:५५:३४ बजे
  • 2.2K
    SHARES
  • विप्लव समूहका कार्यकर्ताले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या
    मोरङ - मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ ।

    मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली हानी हत्या भएको हो । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका थिए ।

    मोरङका एसपी सन्तोष खड्काका अनुसार  बिहान सवा ६ बजेतिर चार–पाँच जनाको संख्यामा आएको समूहले श्रेष्ठलाई घरबाटै ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरेको हो । 

    प्रहरी र आफन्तले अपहरण गरेर लैजाने समूह विप्लव समूहका कार्यकर्ता रहेको दाबी गरेका छन् । प्रहरी टोली घटनास्थल गइरहेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए । 

  • सम्बन्धित विषय:

  • # गोली हानी हत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology