Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री ओली : राजावादी र विप्लव समूहप्रति कठोर बन्ने संकेत

प्रधानमन्त्री ओली : राजावादी र विप्लव समूहप्रति कठोर बन्ने संकेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७७ मंगलवार • १७:०८:३९ बजे
  • 2.6K
    SHARES
  • प्रधानमन्त्री ओली :  राजावादी र विप्लव समूहप्रति कठोर बन्ने संकेत
    प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहविरुद्ध कठोर हुने संकेत गरेका छन् । उनले संविधानविरोधी र हिंसात्मक गतिविधिहरु गर्नेविरुद्ध एकजुट हुन आग्रह गर्दै त्यस्तो संकेत गरेका हुन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सर्वदीय बैठक राख्नुपरेको कारण र विषयबारे उल्लेख गर्दै ओलीले शुरुमै ब्रिफिङ गरेका थिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दायाँ बायाँ सिटमा राखेर ओलीले देशमा संविधानविरोधी र हिंसात्मक गतिविधि गर्नेहरु सल्बलाएको विषय उल्लेख गरेका थिए ।



    परिवर्तन र प्राप्त उपलब्धि उल्टाउन विभिन्न बहानामा सक्रियता बढेकोतर्फ सचेत र सतर्क हुनुपर्नेमा समेत उनले जोड दिएका थिए । उनले अस्थिरता मच्चाउन खोज्ने र देशको समृद्धि र विकास रोक्न खोज्नेविरुद्ध एकजुट हुनु आग्रह गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology