Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई जेल हाल्ने योजनामा छन् : ओली

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई जेल हाल्ने योजनामा छन् : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७७ सोमवार • ०२:४०:५५ बजे
  • 4.2K
    SHARES
  • माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई जेल हाल्ने योजनामा छन् : ओली

    काठमाडौँ -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीका विरुद्ध यतिबेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम लगायतका नेता उभिएका छन् ।

    images

    स्थायी कमिटी बैठकमा उनीहरूले ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब दिएपछि बैठक नै प्रभावित छ । बैठक छाडेरआपसी सहमति गराउन जुटेका नेता एक्लाएक्लै र सामूहिक छलफलमा छन् । कहिले अध्यक्षद्वय त कहिले अन्य नेताहरू गुटगत रसमूहगत रूपमा भेला भएर गतिरोध समाप्त पार्न छलफलमा छन् । छलफलमा जुट्दा वरिष्ठ नेता माधव नेपालका भने अचेल गज्जबकातर्क छन् ।

    भनेर फोन गरेर सुझाव दिनेलाई पनि उनी आफूलाई ओलीले थुन्न खोजेको कुरा सबैभन्दा पहिला सुनाउँछन् । ‘धेरै जिल्लाका नेताहरूलेपनि माधव नेपाल आफैँले फोन गरेर मलाई ओलीजीले थुन्न लागेको भन्ने खबर गरिरहनुभएको छ’, एक जिल्ला नेताले बताउँछन् । उनलेआफ्नो कुरा मात्र गर्दैनन्, कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि ओलीले थुन्ने योजना बनाएको सुनाउन पनि छुटाउँदैनन् । ‘मलाई मात्रहोइन, शिविर घोटाला र यु’द्ध अप’राधको मुद्दामा पनि प्रचण्डलाई थुन्न खोजका छन् ।छलफलमा जुट्दा वरिष्ठ नेता माधव नेपालकाभने अचेल गज्जबका तर्क छन् ।

    छलफलमा नेता नेपाललाई पार्टीलाई मजबुत बनाउनुपर्छ, प्रधानमन्त्रीबाट ओलीलाई यो अवस्थामा हटाउनु हुँदैन भनेर जसजसले सुझावदिन्छन्, उनको एउटै रेडिमेड जवाफ छ, ‘ललिता निवास प्रकरणमा ओलीले मलाई थुन्न लागेका थिए, मलाई थुन्न लाग्नेलाई किन मैलेछाड्ने ?’छलफलमा ललिता निवास जग्गा प्रकरणमा ओलीले जग्गा छानबिन गर्नुको मुख्य उद्देश्य नै आफूलाई थुन्ने रहेको भन्दै अडानमाबस्ने गरेको नेकपा सचिवालयका एक नेता बताउँछन् ।

    म एक दिन भेट्न गएँ, ओलीजी र तपाईं मिल्नुहोस्, यो झगडा गर्ने बेला होइन भनेर सुझाव दिएँ’, अर्का एक केन्द्रीय सदस्यले भने, ‘तर, उहाँले जसले मलाई थुन्ने योजना बनायो, उसैलाई मैले समर्थन गर्ने ? यो हुन सक्दैन भन्नुभयो ।’ ओलीले आफूलाई थुन्ने योजनाबनाएकाले नछाड्ने अडान राखेका छन् नेपालले ।

    उनका अनुसार नेपाल यतिमा मात्र रोकिँदैनन् । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियारले छानबिन गर्ने गरी गरेकोनिर्णय मोबाइलमा खोलेर देखाइहाल्छन् । उक्त जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहितका नेता छानबिनको घेरामा छन्। मन्त्रिपरिषद्‍मा आफूलाई समेत यो प्रकरणमा फसाउन ओलीले निर्णय गराएको नेपालको बुझाइ छ ।

    उनका अनुसार बालुवाटारस्थित ललिता निवास प्रकरणमा प्रधानमन्त्री हुँदाताका गरेको निर्णयलाई समातेर आफूमाथि रिसइवी साँध्नओलीले खोजेको कुरा नेपालको मनमा यति गहिरो गडेको छ कि उनी त्यसबाट बाहिर निस्कन सकेका छैनन् ।अख्तियार दुरुपयोगअनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेमार्फत प्रधानमन्त्री ओलीले आफूमाथि दबाब बढाएको पनि नेता नेपाललेआफूनिकटहरूसँग शेयर गर्दै आएका छन् ।

    साभार swadeshnepal news

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology