विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकीकरण घोषणा बुधबार हुने भएको छ । भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार अपराह्न साढे तीन बजे दुई पार्टीबीच एकीकरण हुने लागेको हो ।
साझापार्टीका संयोजक रवीन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत एकीकरणपछि बनेको विवेकशील साझा पार्टी देशको वास्तविक रुपान्तरणको संवाहक हुने दावी गरेका छन् ।