मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको प्रतिबन्धित

जनाएको छ ।
माेरङ घटनाबारे नेकपाले मङ्गलबार विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्तामाथि हतियार लिएर आक्रमण गर्न आएका श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको जनाएको हो ।
नेकपा मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले लामो समयदेखि नेकपाविरुद्ध सुराकी गर्दै, नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गराउँदै र सरकारलाई सघाउँदै आएका श्रेष्ठलाई सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएको र उल्टै हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको जनाएका छन् ।
श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएकाे नेकपाले जनाएको छ । श्रेष्ठले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका बिज्ञप्तिमा उल्लेख छ । २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएको नेकपाले जनाएको छ ।
श्रेष्ठले जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गोली खान्छौ भनेर जनतालाई आतङ्कित पारेका २०७७ साल साउनदेखि नै पटक–पटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेकाे बिज्ञप्तिमा उल्लेख छ ।
उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।