Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वमै बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक भारत बन्याे

विश्वमै बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक भारत बन्याे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७७ सोमवार • ०८:२२:१७ बजे
  • 1.6K
    SHARES
  • विश्वमै बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक भारत बन्याे

    फाइल तस्बिर: भारतमा कोरोनाका बिरामी जाँचिँदै।

    images

    छिमेकी मुलुक भारत, विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भएको देश बनेको छ। केही दिनयता लगातार उच्च संख्यामा कोरोना संक्रमित थपिइरहेको भारतमा आइतबार मात्रै झन्डै २५ हजार जना संक्रमण पुष्टि भएको थियो।

    सोमबार बिहान ७ः३० बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार भारतमा संक्रमितको कूल संख्या ६ लाख ९७ हजार ८ सय ३६ पुगेको छ। तीमध्ये १९ हजार ७ सय जनाको मृत्यु भइसकेको छ भने ४ लाख २४ हजार ८ सय ९१ बिरामी निको भएका छन्। भारतमा संक्रमणको वास्तविक चित्र अझै थाहा नभएको विज्ञले बताएका छन्। धिकारीले संक्रमण रोक्न अनेक प्रयत्न गरिरहेका छन्। दिल्लीमा काेराेनाका बिरामी उपचारका लागि ठूलो स्याहार केन्द्र खोलिएको छ।

    वर्ल्डओमिटरकै तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म २९ लाख ८२ हजार ९ सय २८ जनालाई कोरोना संक्रमण भइसकेको छ। तीमध्ये १ लाख ३२ हजार ५ सय ६९ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ८९ हजार ५ सय ६५४ बिरामी निको भइसकेका छन्।

    यसपछि विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित ब्राजिलमा छ। जहाँ अहिलेसम्म कोरोना संक्रमितको संख्या १६ लाख ४ हजार ५ सय ८५ पुगेको छ भने तीमध्ये ६४ हजार ९ सयको मृत्यु भएको छ। संक्रमितमध्ये ९ लाख ७८ हजार ६ सय १५ जना निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology