Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२५ दिनपछि फोन सम्वाद गरेर २६ दिनमा,ओली र प्रचण्डबीच भेटवार्ता

२५ दिनपछि फोन सम्वाद गरेर २६ दिनमा,ओली र प्रचण्डबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७७ बुधवार • २१:२१:४४ बजे
  • 1.6K
    SHARES
  • २५ दिनपछि फोन सम्वाद गरेर २६ दिनमा,ओली र प्रचण्डबीच भेटवार्ता

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

    images

    अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए । दुई अध्यक्षबीच करिब डेढ घण्टा भेटवार्ता भएको छ ।

    नेकपाका दुई अध्यक्षबीच आरोप प्रत्यारोप सुरु भएसँगै भेटवार्ता पातलिएको थियो । आइतबार स्थायी कमिटी बैठक बोलाएको नेकपाका दुई अध्यक्षले भेटवार्ता गर्नुलाई अर्थपूर्ण हेरिएको छ ।

    दुई अध्यक्षबीचमा आइतबार बोलाइएको स्थायी कमिटी बैठकका बारेमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

    शनिवार सचिवालयको बैठक बस्नु अघिल्लो दिन करिब २५ दिनपछि फोन सम्वाद गरेर २६ दिनमा भेटवार्ता गरेका ओली प्रचण्ड पछिल्लो समयमा कम भेटघाटमा छन् ।

    पार्टीमा बढेको विवादका कारण दुबै अध्यक्षले सचिवालय हुँदै स्थायी कमिटीसम्म आ–आफ्ना प्रस्ताव पेश गरेका छन् ।

    नेकपाको स्थायी कमिटी बैठक २८ गते बस्दैछ । यो बीचमा नेताहरुबीच औपचारिक छलफलमा जुटेका छन् । ओली र प्रचण्डबीच पनि स्थायी कमिटी बैठकपछि पहिलो औपचारिक भेटवार्ता हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology