Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विवेकशील साझापार्टीको मिश्र अध्यक्ष, पाण्डे संयोजक

विवेकशील साझापार्टीको मिश्र अध्यक्ष, पाण्डे संयोजक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७७ बुधवार • २१:३७:५८ बजे
  • 1.7K
    SHARES
  • विवेकशील साझापार्टीको मिश्र अध्यक्ष, पाण्डे संयोजक

    विवेकशील नेपाली र साझा पार्टीको एकीकरण भएसँगै नयाँ बनेको विवेकशील साझा पार्टीको घोषणा भएको छ । दुई पार्टी एक भएको घोषणा अनलाइनबाटै गरिएको हो ।

    images

    पदीय बाँडफाँट मिलेसँगै दुई पार्टी एक भएको घोषणा भएको हो । नयाँ बनेको पार्टीको अध्यक्ष रविन्द्र मिश्र तथा संयोजक मिलन पाण्डे चयन भएका छन् । मिश्र तत्कालीन साझाका तथा पाण्डे विवेकशीलका अध्यक्ष हुन् ।

    नयाँ बनेको पार्टीको २६ सदस्सीय सचिवालय तथा १ सय ३० जनाको केन्द्रीय समिति बनेको छ । यी दुबै समितिमा तत्कालीन दुबै पार्टीका बराबर सदस्य रहेका छन् । सबै पदहरु बराबरीको आधारमा बाँडफाँट भएको हो ।

    गत स्थानीय र संसदीय निर्वाचनमा आएको मतपरिणाम र जनताको चाहनाअनुसार दुई पार्टी एक भएको अध्यक्ष मिश्रले बताएका छन् । यस्तै संयोजक पाण्डेले जनचाहना अनुरुप वैकल्पिक शक्ति बन्नका लागि र लोकतान्त्रिक पार्टीको रुपमा अब्बल बन्नका लागि आफूहरुले एकीकरण गरेको बताएका छन् ।

    यसअघि एकीकरण भएर पनि फुटेका यी दुई पार्टीको अहिले एकीकरण प्रक्रियामा असन्तुष्ट विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जना केन्द्रीय सदस्यले एकीकरणमा सामेल नहुने बताइसकेका छन् । उनीहरुले एकताको औचित्यमै प्रश्न उठाएका छन् ।

    यसअघिको एकीकरण, मतभिन्नता र विग्रह किन र अहिलेको एकीकरणको औचित्य के हो भन्ने विषयमा प्रष्ट नभएकाले आफूहरु एकतामा सामेल नभएको उनीहरुको भनाई छ । अहिलेको एकीकरण आगामी २ महिनामा तल्लो तहसम्म सक्ने सहमति भने दुई पार्टीबीच भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology