Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चिनियाँ राजदूत र माधव नेपाल बिच भेट बार्ता

चिनियाँ राजदूत र माधव नेपाल बिच भेट बार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७७ सोमवार • ०८:२४:४१ बजे
  • 2.7K
    SHARES
  • चिनियाँ राजदूत र माधव नेपाल  बिच भेट बार्ता

    प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै सत्तारुढ दलभित्र चरम विवाद भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी छन्।

    images

    नेकपाको निर्णायक हुनसक्ने अनुमान गरिएको स्थायी कमिटी बैठक सोमबारका लागि तय भएको छ। सो बैठकको पूर्वसन्ध्यामा आइतबार साँझ राजदूत होउले पूर्वप्रधानमन्त्री नेपाललाई भेट गरेकी हुन्। नेपालनिकट एक नेताका अनुसार भेटवार्ता गर्न राजदूत हाउ आइतबार बेलुका उनको निवास कोटेश्वर पुगेकी थिइन्।ती नेताका अनुसार राजदूत होउले प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटिसकेको हुनुपर्छ।

    ‘पहिले प्रधानमन्त्री तथा अध्यक्ष ओली, त्यसपछि अर्का अध्यक्ष प्रचण्ड, अनि माधव नेपाल र आवश्यकता अनुसार अरु नेताहरु भेट्ने उनीहरुको प्रचलन हो। आफ्नो अभ्यास उनीहरुले हतपती तोड्दैनन्’, नेकपा ती नेताले भने, ‘सायद दुई अध्यक्षलाई भेटेपछि माधव नेपाललाई भेटेको हुनुपर्छ।’

    करिब दुई महिनाअघि पनि नेकपाभित्र शीर्ष नेताहरुबीचको विवादले गम्भीर मोड लिएका बेला राजदूत होउको समेत सक्रियतापछि साम्य भएको मानिएको थियो।

    ‘सत्तारुढ पार्टी भएकाले नेपालसँगको भेटमा राजदूत होउले नेकपामा देखिएको विवादबारे पनि जिज्ञासा राख्नु स्वाभाविक हो’, ती नेता भन्छन्, ‘पार्टीभित्रको विवादले जनातामा निराशा नजन्माओस् र अस्थिरता नबढोस् भन्ने चिन्ता राजदूतले राखेको बुझिएको छ।’

    आइतबार प्रचण्ड, नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् भने त्यसलगत्तै दुई अध्यक्षबीच बालुवाटारमा वार्ता भएको छ।

     

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology