नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाकाे निधनप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएकाे छ । अध्यक्ष प्रचण्डले लामाकाे निधनले नेकपाले जुझारु एवं बौद्धक व्यक्तित्व गुमाएको बताउनुभएको छ ।
आज दिनुभएको शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहनुभएको स्मरण गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभएको छ, “जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु ।”
अध्यक्ष दाहालले दिवङ्गत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदनासमेत व्यक्त गर्नुभएको छ ।