Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खाना छोएको निहुँमा दलित युवकको कुटीकुटी हत्या

खाना छोएको निहुँमा दलित युवकको कुटीकुटी हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७७ बिहिवार • १३:१५:४८ बजे
  • 1.9K
    SHARES
  • खाना छोएको निहुँमा दलित युवकको कुटीकुटी हत्या

    एजेन्सी, २४ मंसिर । अझै पनि हाम्रो छिमेकी राष्ट्र भारतमा जातीय विभेद कायम छ । दलितमाथिको अत्याचारकै कारण गत सोमबार मात्रै भारतमा एक दलित युवकको कुटीकुटी हत्या गरिएको छ ।

    images

    यो घटना भारतको मध्य प्रदेशस्थित किशनपुर गाउँको हो, जहाँ एक २५ वर्षीय दलित युवकले भोजमा खाना छोएको भन्दै कथित उच्च जातका दुई पुरुषले कुटीकुटी हत्या गरेका हुन् ।

    भोज सकिने बेलामा भाँडा माझ्न पुगेका देवराज अनुरागी नामक ती युवकलाई भूरा सोनी र सन्तोष पाल नाम गरेका कथित उच्च जातका ब्यक्तिहरूले कुटीकुटी हत्या गरेका हुन् ।

    प्रहरी अधिकृत जसवन्त सिंह राजपूतका अनुसार देवराजले आफ्नो लागि आफैं खाना पस्केको देखेपछि दुईजनाले रिसाउँदै उनलाई लट्ठी प्रहार गरेर हत्या गरेका थिए ।

    उक्त घटनापछि सोनी र पाल फरार छन् । उनीहरूलाई दलितविरुद्धको ज्यादती रोकथाम ऐनअन्तर्गत हत्याको उजुरी दर्ता गरिएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology