Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आयो

५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७७ सोमवार • ०८:२८:४५ बजे
  • 1.7K
    SHARES
  • ५० रुपैयाँको नयाँ नोट  चलनचल्तीमा आयो

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) देखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ।

    images

    केन्द्रीय बैंकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज- ८९०००००१ देखि ट -३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ।

    नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ। नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा २०७५ लेखिएको छ।

    New not

    नोटको पृष्ठ भागको मध्यमा अंग्रेजी रोमनमा नेपाल राष्ट्र बैंक, मध्यभागमा हिउँ चितुवाको चित्र रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

    नोटमा तत्कालिन गर्भनर डा.चिरञ्जीवि नेपालको दस्तखत रहेको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology