Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२९ गते सडकमा आउन कार्यकर्तालाई कांग्रेसको आह्वान

२९ गते सडकमा आउन कार्यकर्तालाई कांग्रेसको आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७७ बिहिवार • १६:२७:५२ बजे
  • 1.2K
    SHARES
  • २९ गते सडकमा आउन कार्यकर्तालाई कांग्रेसको आह्वान

    नेपाली कांग्रेसले मंसिर २९ गते देशव्यापी प्रदर्शनको लागि सडकमा आउन आफ्ना नेता कार्यकर्तालाई आह्वान गरेको छ।पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार बसेको बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई सडकमा आउन आह्वान गरेको हो।

    images

    वर्तमान र पूर्व पदाधिकारीहरु समेतको उपस्थितिमा भएको बैठकमा प्रदर्शनको तयारीबारे छलफल गरिएको थियो। गत शुक्रबारको पदाधिकारी बैठकले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको थियो।

    वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको धरपकड, सरकारी विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोरोना नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता तथा स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारलगायतका विषयमा कांग्रेसले विरोध प्रदर्शनको एजेण्डा बनाएको छ।

    २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ। बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology