Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बंगलादेशबाट जीटूजी प्रक्रियाद्वारा मल खरिद गर्न सैद्धान्तिक सहमति

बंगलादेशबाट जीटूजी प्रक्रियाद्वारा मल खरिद गर्न सैद्धान्तिक सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७७ शुक्रवार • ०९:३९:१० बजे
  • 1.5K
    SHARES
  • बंगलादेशबाट जीटूजी प्रक्रियाद्वारा मल खरिद गर्न सैद्धान्तिक सहमति
    सरकारले बंगलादेशबाट जीटूजी प्रक्रियाद्वारा मल खरिद गर्न सैद्धान्तिक सहमति दिएको छ। मंसिर १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई जीटूजी मार्फत ५० हजार टन युरिया मल खरिद गर्न सहमति दिएको हो।
    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार कृषि सामग्री कम्पनीले बंगलादेशको सरकारी कम्पनीसँग मल खरिदका लागि मूल्य सूची माग्ने प्रक्रिया शुरु गर्नेछ। ‘मूल्य सूचीमा सहमति जुटे यसअघि नै ढुवानीका लागि ठेक्का सम्झौता भएको कम्पनीलाई मल आयात गर्ने जिम्मेवारी दिइने प्रवक्ता केसीले बताए । बंगलादेश सरकारले पनि मन्त्रिपरिषद् बैठकबाट मल बिक्रीको प्रस्ताव स्वीकृत गरी नेपाललाई मूल्यसूची पठाउनुपर्नेछ।
    यसपछि दुवै मुलुकबीच मल खरिद विक्रि सम्बन्धी सम्झौता हुनेछ। सम्झौता भएको मल आयात गर्ने ठेकेदबारले एलसी खोलेको करिब २० दिनपछि नेपालमा मल आपूर्ति गर्ने मन्त्रालयले जनाएको छ। जीटूजी प्रणालीबाट मल खरिद गर्नुपर्ने बाध्यता भए पनि विगतमा जस्तै यसपालि पनि कमिसनको खेल हुन सक्ने आशंका उब्जिएको छ। यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया मन्त्रालय तहबाटै प्रभावकारी नियमन गर्न आवश्यक रहेको स्रोतले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology