Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको विवाहमा , प्रमुख अतिथि मुख्यमन्त्री

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको विवाहमा , प्रमुख अतिथि मुख्यमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७७ शुक्रवार • १२:५३:२२ बजे
  • 2.6K
    SHARES
  • गाउँपालिका अध्यक्ष र उपाध्यक्षको विवाहमा , प्रमुख अतिथि मुख्यमन्त्री
    कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार विवाह भएको छ । 
    नेपालमा पहिलोपटक बहालवाला गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह भएको हो । शुक्रबार हेम्जास्थित गुम्बामा विवाह भएको छ । सो गुम्बामा भएको विवाह समारोहमा प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ थिए । मुख्यमन्त्री गुरुङले विवाहित अध्यक्ष र उपाध्यक्षलाई टीका लगाइदिँदै बधाई र शुभकामना दिए ।                              karna2.jpg
    मुख्यमन्त्री र गाउँपालिका अध्यक्ष नाताले सोल्टी–सोल्टी हुन् । विवाहमा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ लगायतका मन्त्री, नेताहरु उपस्थित छन् । विवाह कार्यक्रममा आफ्नो विवाहबारे अध्यक्ष कर्णबहादुरले भने, ‘शर्मिलाजी र म बीच विवाह गर्ने विषयमा सहमति भयो ।
    परिवारको पनि स्वीकृतिमा मागी विवाह गरेका हौं ।’ कोरोनाका कारण सबैलाई आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको उनले बताए । कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology