Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफगान सेनाको हवाई कारबाहीमा आठ जनाको मृत्यु

अफगान सेनाको हवाई कारबाहीमा आठ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७७ शुक्रवार • १४:०१:०९ बजे
  • 967
    SHARES
  • अफगान सेनाको हवाई कारबाहीमा आठ जनाको मृत्यु

    एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

    images

    उक्त प्रान्तको साराइयाब क्षेत्रमा तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरु मारिएका बताइएको छ । त्यस क्षेत्रका केही समययतादेखि उनीहरुले आतंककारी क्रियाकलाप गरेका थिए । पछिल्लो समयमा अफगानिस्तानको सरकार र तालिबानीबीच कतारमा वार्ता सुरु भएको भनिएको भए पनि हिंसा भने रोकिएको छैन ।

    तालिबानीहरुले वार्ताका क्रममा युद्धविराम गरेको भने पनि उनीहरुले हिंसात्मक आक्रमण गर्न भने रोकेका छैनन् ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology