Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तथ्यहरुलाई अनदेखा गरी कमरेड नारायणकाजी श्रेष्ठमाथि प्रहार गर्नेको नियत के हो ? :  युवराज चौलागाईं

तथ्यहरुलाई अनदेखा गरी कमरेड नारायणकाजी श्रेष्ठमाथि प्रहार गर्नेको नियत के हो ? :  युवराज चौलागाईं

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७७ शुक्रवार • २१:३५:०९ बजे
  • 2.3K
    SHARES
  • तथ्यहरुलाई अनदेखा गरी कमरेड नारायणकाजी श्रेष्ठमाथि प्रहार गर्नेको नियत के हो ? :  युवराज चौलागाईं
    नेकपाका केन्द्रिय सदस्य, प्रवास समन्वय समितिका अध्यक्ष  युवराज चौलागाईंले नारायणकाजी श्रेष्ठलाई लागेको आरोप उहॉसंग पूर्वाग्रह राख्ने केही व्यक्तिहरु ध्वंसात्मक उद्देश्यका साथ वहॉ बिरुद्ध अनर्गल प्रचारमा जुटेको भन्दै फेसबुक मार्फत ४ प्रति उत्तर बुदा लेखेका छ्न । हेर्नुस् नेता युवराज चौलागाईंले लेखेका बुदाहरु : कमरेड नारायणकाजी श्रेष्ठ अध्ययनशीलता र निष्ठापूर्ण सक्रियताको अर्को नाम पनि हो । आज वहॉसंग पूर्वाग्रह राख्ने केही व्यक्तिहरु ध्वंसात्मक उद्देश्यका साथ वहॉ बिरुद्ध अनर्गल प्रचारमा जुटेका छन् ।
    १) कमरेड कमानसिंह लामाको असामयिक मृत्यु पश्चात नारायणकाजी श्रेष्ठलाई वहॉको व्यक्तिगत र व्यावसायिक जीवनसंग जोड्न खोजिएको छ । तर, स्वयं कमानसिंह लामाले कतै नारायणकाजी श्रेष्ठको नाम लिएर त्यसरी बोल्नु भएको छैन ।
    २) सार्वजनिक गरिएको भिडियो र अडियो रेकर्डमा नारायणकाजी र कमान वा अन्य कोही बिचमा आर्थिक सौदाबाजी देखिंदैन । बरु, त्यहॉ नारायणकाजी कमरेडले अरु दुई पक्ष बीच बिबाद मिलाउने तेश्रो पक्षका रुपमा अविभावकीय भूमिका खेलेको प्रष्टै बुझिन्छ ।
    ३) कुनै पक्ष पीड़ित छ र त्यसमा कमरेड नारायणकाजी प्रत्यक्ष/परो़क्ष संलग्न हो भने वहॉबारे कानुनी उपचार, अनुसन्धानका लागि स्वयं वहॉले खुल्ला आह्वान गर्नु भएको छ । प्रमाण छन् भने कानुनी उपचारमा जान पीड़ित पक्षलाई ढोका खुल्ला छ र वहॉले त्यो परीक्षा उत्तीर्ण गर्न तयार भएको सार्बजनिक गर्नु भएको छ।
    ४) यस प्रकरणसंग सम्बन्धित आधिकारिक दुई पक्षहरु याम्बालिङ जलबिद्युत कम्पनी र मृतक क. कमानसिंहको पत्नी इन्द्रमाया लामाले आफ्ना औपचारिक भनाईहरु सार्वजनिक गरिसकेको अबस्था छ । ती बक्तव्यहरु अध्ययन गर्दा आर्थिक लेनदेन जस्तो कुनै कुरा नभएको र कमरेड नारायणकाजीले मध्यस्थता गर्नु भएको प्रस्ट हुन्छ । उपरोक्त तथ्यहरुलाई अनदेखा गरी कमरेड नारायणकाजी श्रेष्ठमाथि प्रहार गर्नेको नियत के हो ? तथ्य बिपरित गरिएको हमला व्यक्ति वा उसका कमजोरी माथि हो कि उसको आस्था, अड़ान र राजनीतिक उद्देश्य माथि हो ? प्रस्टै छ, उनीहरु नारायणकाजी श्रेष्ठको नाम लिई नाङ्लो ठटाएर हात्ती तर्साउन खोज्दै छन् । बुझे हुन्छ, आजको युगमा बरु आफ्नै नांङ्लो फाट्ला, हात्ती तर्सिंदैन ।      FB_IMG_1607701086873.jpg   FB_IMG_1607701079931.jpg

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology