प्रतिपक्षको भूमिका सरकारलाई दबाब दिन प्रभावकारी नरहेको र निरीह प्रतिपक्षी भनेर आलोचना खेपेको काँग्रेसले अब भने सरकार बिरुद्ध शक्ति प्रदर्शन गर्ने भएको छ ।
सरकार बिरुद्ध बढ्दो असन्तुष्टी र सडकमा राजावादीहरु समेत ठूला प्रदर्शन गर्दै अघि बढे पछि काँग्रेस बल्ल तातिन लागेको हो ।खास गरी मंसीर १७ गते प्रहरीले तनहुँमा बरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टा हिरासतमा राखे पछि काँग्रेस थप आक्रोसित बनेको छ ।
यही सिलसिलामा काँग्रेसले सरकारका कृयाकलापको बिरोधमा २९ मंसीरमा ७७ वटै जिल्लामा प्रदर्शनको घोषणा गरेको छ । सबै कार्यकर्तालाई प्रदर्शनमा उत्रन काँग्रेसले अपील गरेको छ ।
कसले कँहा गदैछन् संवोधन ?सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं मै संवोधन गर्नेछन् ।
उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरमा संवोधन गर्नेछिन् ।
यस्तै झापामा प्रकाशशरण महत , काभ्रेमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, धनुषामा पूर्वमहामन्त्री प्रकाशमान सिंह, महोत्तरीमा कृष्णप्रसाद सिटौला, सप्तरीमा चित्रलेखा यादव, चितवनमा रामशरण महत , पोखरामा अर्जुननरसिंह केसी, कैलालीमा गगन थापा, कन्चनपुरमा प्रदीप पौडेल, अछाममा एनपी साउद लगायतले प्रदर्शनको नेतृत्व गर्नेछन् ।ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै काँग्रेस शक्ति प्रदर्शनको तयारीमा जुटेको हो ।
