Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कार्यकर्ताको चर्को दवावपछि एकतालाई टिकाई राख्न ओली–प्रचण्ड ‘वान टू वान’ वार्ता

कार्यकर्ताको चर्को दवावपछि एकतालाई टिकाई राख्न ओली–प्रचण्ड ‘वान टू वान’ वार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७७ सोमवार • १२:३९:१४ बजे
  • 4.1K
    SHARES
  • कार्यकर्ताको चर्को दवावपछि एकतालाई टिकाई राख्न ओली–प्रचण्ड ‘वान टू वान’ वार्ता

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधान उन्मुख देखिएको छ । नेता कार्यकर्ताको चर्को दवावपछि एकतालाई टिकाई राख्न शीर्ष नेताहरु लचक रुपमा प्रस्तुत हुन थालेका छन् ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज  दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलेको छ । दुई नेताबीच आइतवार पनि करिव डेढ घण्टा वार्ता चलेको थियो ।

    वार्तामा रहेका नेताहरुले दुई अध्यक्षबीच कति विषय सहमति नजिक पुग्न सकिन्छ भनेर खाका बनाएका थिए । दुवै पक्षका आ–आफ्ना अडानमा सहमतिको विन्दु कहाँ भेटिन्छ भनेर महासचिव विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनबीच छलफल भएको थियो । चारै नेताले दुवै अध्यक्षका अडानका बीचमा सहमतिको विन्दु बनाएर एजेण्डा बनाएका थिए । सोही एजेण्डा र कसरी सहमति गरेर अगाडी बढ्ने भन्ने विषयमा सोमबारको बैठकमा छलफल भएको बताइएको छ । ओली–प्रचण्डबीच लामो समयपछि बालुवाटारमा आज विहान ‘वान टू वान’ वार्ता भएको हो । वार्ता निक्कै सकरात्मक भएको नेताहरुले बताएका छन् ।

    स्रोतका अनुसार शीर्ष नेताहरुलाई पार्टीभित्र कसरी व्यवस्थापन वा जिम्मेवारी दिन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत भएको छ । सबै नेतालाई सम्मान प्रदान गर्ने, सरकार र पार्टीलाई सबै नेताले अपनत्व बनाउने गरी कसरी परिचालन गर्न सकिन्छ भनेर विषयहरु उठिरहेका छन् । तर, ती विषय मिलाउने जिम्मा दुई अध्यक्षलाई नै छाडिएको छ । दुवै अध्यक्ष घनिभूत छलफलमा जुट्नुपर्ने भएकाले आजका लागि बोलाइएको स्थायी कमिटीको बैठक बुधबार विहानसम्मका लागि स्थगित भएको छ । मंगलबारसम्म सहमति जुटे बुधबारको बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने नेताहरुले बताएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology