Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाको स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

नेकपाको स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७७ आइतवार • १०:०६:२७ बजे
  • 1.6K
    SHARES
  • नेकपाको स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी कार्यालयमा बस्ने तय भएको बैठक पछिल्लो समय बालुवाटारमै तय भएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए । ‘हामीलाई बालुवाटारमा दिउँसो १ बजेका लागि भनिएको छ’ उनले भने ।

    images

    पार्टी कार्यालय धुम्बाराहीमा मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुई पन्ने पत्र पठाएर अनुपस्थित भएका थिए । सो दिनको बैठक केहीबेर बसेर आज बस्ने गरी टुंगिएको थियो ।

    मंसिर २१ गतेको बैठकमा पनि प्रधानमन्त्री ओली सहभागी हुने भनिएको थियो । उनले इश्वर पोखरेलमार्फत पत्र पठाएर अनुपस्थित भए ।

    महासचिव विष्णु पौडेलले आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली सहभागी हुने बताएका छन् । तर, ओलीले अघि सारेको शर्त पूरा नहुँदा उनी सहभागी हुने सम्भावना कम रहेको ओली निकट एक स्थायी कमिटी सदस्यले बताए ।

    अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको आरोपपत्र फिर्ता नहुञ्जेल बैठकमा सहभागी नहुने बताएका छन् । उनले आफू निकट नेताहरुमार्फत दुवै अध्यक्षको प्रतिवेदन फिर्ता गरेर नयाँ प्रतिवेदन पेश गरेर अघि बढ्नसमेत प्रस्ताव गरेका छन् ।

    मंसिर २४ गते दुई अध्यक्षको भेटवार्ता पनि भएको छ । सो बैठक कुनै निष्कर्षमा पुग्न नसकेको बुझिएको छ ।

    बैठकको वातावरण बनाउन नेताहरुको सक्रियता पनि चलेकै छ । गुटगत भेला, बैठक र छलफल पनि भइरहेका छन् । हिजो मात्र शंकर पोखरेलले पनि खुमलटार पुगेर कार्यकारी अध्यक्ष प्रचण्डसँग सम्वाद गरेका छन् ।

    स्थायी कमिटी बैठकमा पेश हुने ठोस योजना छैन । आज बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले बोल्ने बताइएको छ । सचिवालयले ठोस एजेण्डा तय गरेको छैन । बैठकमा ओली र प्रचण्डका दुईवटा प्रस्ताव र विभिन्न चिठीपत्रहरु प्रस्तुत भएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology