Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फेवातालको मापदण्ड

फेवातालको मापदण्ड मिचेर बनाईरहेका अवैध संरचना पोखरा महानगरले डोजर लगाएर भत्काए

फेवातालको मापदण्ड मिचेर बनाईरहेका अवैध संरचना पोखरा महानगरले डोजर लगाएर भत्काए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २८, २०७७ आइतवार • ११:२३:५६ बजे
  • 1.8K
    SHARES
  • फेवातालको मापदण्ड मिचेर बनाईरहेका अवैध संरचना पोखरा महानगरले डोजर लगाएर भत्काए
    पोखरा महानगरपालिकाले पोखराको फेवातालको मापदण्ड मिचेर बनाईरहेका अवैध संरचना भत्काएको छ। फेवातालको पश्चिम उत्तरतर्फ पर्ने खपौंदी क्षेत्रमा फेवातालको मापदण्ड मिचेर स्थानीय खगराज पहारीको जग्गामा व्यवसायी दीपेश श्रेष्ठले निर्माण गरेको अवैध संरचना महानगरले आइतबार बिहान डोजर लगाएर भत्काएको हो।

    पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाका अनुसार शनिबार बिहान महानगरले डोजर लगाएर सोहि ठाउँमा संरचना भत्काएको थियो। तर श्रेष्ठले शनिबार साँझदेखि रातारात पुनः संरचना निर्माण गर्न थालेपछि आइतबार महानगरले पुनः डोजर लगाएर भत्काएको हो।

    पहारीको नाममा लालपुर्जा रहेको सो ठाउँमा यसअघि प्याराग्लाइडिङ ल्याण्डिङ स्थल थियो। प्याराग्लाइडिङ ल्याण्डिङ गरेबापत विभिन्न प्याराग्लाइडिङ कम्पनीबाट उनले भाडा लिने गरेका थिए। तर रेष्टुरेण्ट व्यवसायीले बढी भाडा दिने भनेपछि उनले प्याराग्लाइडिङ ल्याण्डिङ स्थलमा रेष्टुरेण्ट बनाउन दिएका थिए।

    अहिले अवैध रुपमा बनाउन लागिएको स्थल फेवातालको पानीको सतह भित्रैबाट सुरु गरिएको छ। फेवातालमा ६५ मिटर मापदण्ड लागू गरिएको छ। तर फेवाताल भित्रैबाट संरचना बनाएपछि यसको विरोध भएको छ।

    वडाध्यक्ष थापाका अनुसार फेवातालको त्यस क्षेत्रमा पछिल्लो क्रममा मापदण्ड मिचेर अवैध संरचना बनाउने होडबाजी नै चल्ने गरेको छ। पहारीको भन्दा ३०–४० मिटर पश्चिमतर्फ पछिल्लो १ महिनामा २ वटा संरचना बनिसकेको छ। पछिल्लो ६ महिनामा १० वटा अवैध संरचना बनिसकेा छन्।

    अब फेवातालमा कुनै पनि अवैध संरचना बन्न नदिने दृढता व्यक्त गर्दै वडाध्यक्ष थापाले अवैध संरचना बनेको हामी जनप्रतिनिधि टुलुटुलु हेरेर बस्न सक्दैन, उनले भने,‘जति बनाउँछन्, त्यति नै हामी भत्काईरहन्छौं।’

  • सम्बन्धित विषय:

  • # फेवाताल
  • # अवैध संरचना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology