Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाका नेता लामाको मृत्युको विषय छानविन गर्न र प्रवक्ता श्रेष्ठलाई पदबाट हटाउन माग गर्दै प्रदर्शन

नेकपाका नेता लामाको मृत्युको विषय छानविन गर्न र प्रवक्ता श्रेष्ठलाई पदबाट हटाउन माग गर्दै प्रदर्शन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २८, २०७७ आइतवार • १५:५३:३६ बजे
  • 1.2K
    SHARES
  • नेकपाका नेता लामाको मृत्युको विषय छानविन गर्न र प्रवक्ता श्रेष्ठलाई पदबाट हटाउन माग गर्दै प्रदर्शन
    नेकपाका नेता कमानसिंह लामाको मृत्यु भएको विषय छानविन गर्न र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पदबाट हटाउन आइतबार काठमाडौंमा प्रदर्शन भएको छ।  नेकपाको स्थायी समिति बैठक बसेको ठाउँ प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा काभ्रेली जनताले ‘कमानसिंहको आत्मालाई न्याय देउ’भन्दै प्रदर्शन गरेका हुन्।

    प्रदर्शनमा काभ्रेली युवाहरुले विभिन्न किसिमका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले नारायणकाजी श्रेष्ठ र उहाँकी अति निकट महिला सुसन कर्माचार्यलाई गिरफ्तार गर्नुपर्ने भन्दै नारा पनि लगाएका थिए ।

    कमानसिंह लामाको गत बुधबार राति काठमाडौंको एक अस्पतालमा मृत्यु भएको थियो। मृत्यु हुनु अघि कमानसिंहले नारायणकाजी श्रेष्ठले आफ्नो जिन्दगी खराब गरिदिएको, ऋणमा डुबाइदिएको तथा बर्बाद बनाइदिएको भनेर फेसबुकमा लेखेका थिए।

    नारायणकाजी र उनकी निकट सुसनले आफ्नो अढाई करोड रुपैयाँ खाइदिएको, परिवार बिगारिदिएको भनी कमानसिंहले फेसबुकमा लेखेर खुलासा गरेका थिए।

    याम्बालिङ हाइड्रोको शेयरको विषयमा उनीहरुको लेनदेन विवाद रहेको थियो। त्यो लेनदेन विवादको विषयमा कमानसिंह र नारायणकाजीबीच भएको कुराकानीको भिडियो पनि सार्वजनिक भएको छ।

    प्रदर्शनकारीहरुले नारायणकाजी र सुसन कर्माचार्यको सम्पत्ति छानविन गर्न पनि माग गरेका छन्। उनीहरुले ‘हेल्लो नारायणकाजी, एउटा झुठ छोप्न सयवटा झुठ नबोल्नुस्’ भन्दै नारा लगाएका थिए। अमित लामा लगायतका युवा नेताहरुको अगुवाईमा भएको प्रदर्शननारावाजी भएको ठाउँमा नेकपाका केही नेताहरु पुगेर ऐक्यवबद्धता प्रकट गरेका थिए।

    प्रदर्शनकारीहरुले हाँडीघोप्टे र उनको पिएको सम्पत्ति छानविन गर भन्दै पनि नारा लगाएका थिए। प्रदर्शनकारीहरुले ‘नारायणकाजीलाई पदबाट हटाइयोस्, अरुको सुखी दाम्पत्य जीवन जोगाइयोस्’भन्ने प्लेकार्ड समेत बोकेका थिए। उनीहरुले नारायणकाजीले अहिलेसम्म ककसलाई विदेश पठाए भन्ने छानविन गरी तिनको दाम्पत्य जीवनको अवस्था बारे बुझियोस् भन्ने माग राखेका छन्।

    प्रदर्शनकारीहरुले नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म र छानविनको प्रकृया सुरु नगरेसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology