Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा म्याग्दीको बिज्ञप्ती

‘जगत’लाई प्रशाशनले मृत्युको मुखमा पुर्याएको भन्दै प्रतिबन्धित नेकपा म्याग्दीको जिवन रक्षाको माग

‘जगत’लाई प्रशाशनले मृत्युको मुखमा पुर्याएको भन्दै प्रतिबन्धित नेकपा म्याग्दीको जिवन रक्षाको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७७ आइतवार • १६:१५:५७ बजे
  • 2.2K
    SHARES
  • ‘जगत’लाई  प्रशाशनले मृत्युको मुखमा पुर्याएको भन्दै प्रतिबन्धित नेकपा म्याग्दीको जिवन रक्षाको माग
    प्रतिबन्धित नेकपा म्याग्दीले जिल्ला समितिले आफ्नो पार्टीका जिल्ला सदस्य तथा जनसरकार प्रमुख जगेन्द्र पुन ‘जगत’लाई जानाजान प्रहरी प्रशाशनले  मृत्युको मुखमा पुर्याएको भन्दै जिवन रक्षाको माग गरेको गरेको छ  ।

    जिल्ला इन्चार्ज दिपा र सेक्रेटरी राजाराम सिहंद्दारा हस्ताक्षरित बिज्ञप्ती जारी गर्दै प्रहरी नियण्त्रणमा रहेका पुनको उपचारमा लापरवाही गरेको ,नागरिककको स्वास्थ्य उपचार र बाच्न पाउने अधिकारको हनन गरेको भन्दै सरकारको अमानवीय कार्यको घोरभत्सना गरेको छ ।

    विद्रोही ने.क.पा.ले गठन गरेको म्याग्दी जिल्ला जनसरकार प्रमुख जगेन्द्र पुन ‘जगत’ पोखरा क्षेत्रीय अस्पतालको सैय्यामा भेन्टीलेटरको सहयोगमा स्वास फेर्दै जीवन मरणको दोसाँधमा मृत्युसंग लडिरहेका छन्।  पर्वत जिल्ला कारागारमा आस्थाका आधारमा राज्यबाट बन्दी बनाइएका पुन पर्वत जिल्ला कारागारमा २४ गते दिउसोँ उच्च रक्ताचापका कारण बेहोश भै ढलेका थिए ।

    प्रशासनले तत्काल नजिकैको अस्पताल लैजानु पर्ने अवस्थामा   जनसरकार प्रमुख जगतलाई प्रहरीले अड्डासारक नाममा राती करीब साढे ८ बजे कास्की जिल्ला कारागार पुर्याएका थिए । अति सिकिस्त अवस्थामा रहेका बिरामीलाई कास्की जिल्ला कारागारले बुझ्न नमानेपछि पर्वतको कुश्माबाट नेता जगतलाई बुझेर पोखरा लिई आएका प्रहरीहरु प्रहरीले उनलाई उपचारका लागि राती नौ बजे साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याइको स्रोतले जनाएको छ ।

    अस्पताल पुर्याइएका उनको रक्तचाप नाप्दा अधिकतम २२० रहेको र ड्युटीमा रहेका डाक्टरले नेता पुनको टाउकोको सिटिस्क्यान गर्नुपर्ने बताए पछी । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सिटिस्क्यान बिग्रेकाकारण ड्युटीमा रहेका प्रहरीहरु ले उपचारका लागि भनेर पैसा नदिएको बताएपछी अस्पतालमा पैसा बिना सिटिस्क्यान नगरिदिने भएपछी प्रहरीहरुले कहि कतै मेसो मिलाएर राती दुई बजे गण्डकी मेडिकल कलेजमा लगेर सिटिस्क्यान गरेको बताइएको छ । त्यसपछि मात्र नेता पुनलाई आईसियुमा लगेर भेन्टीलेटरमा राखी उपचार शुरु गरिएको थियो । त्यति बेलासम्म नेता पुनको उपचारमा ढिलाई भैसकेको र उनको देब्रे हर नचल्ने अवस्थामा पुगेको चिकित्सकले बताए ।

     बेहोश भैइ पोखरामा उपचाररत पुनको खवर प्रशासनबाट खबर पाएपछी अस्पताल पुग्दा आफन्तहरु पुन कता छन् भन्दै खोज्दै वार्ड वार्ड घुमिरहे तर अवस्था पत्ता लगाउन सकिएन एक जना आफ्नतले भने  बुझ्दा ‘बिरामीको अवस्था अत्यन्त नाजुक अवस्थामा छ, आइसियुमा छन भन्ने खबर पाएका आफन्त आइसियु पुग्दा चिकित्सकले बाहिर बोर्डमा हेर्नुस नामवली भनेका पुनको नाम बोर्डमा नहुदा आफ्न्त झनै अलमल परे ।

    बाहिर बसेका दुई प्रहरीलाई सोध्दा पुनलाई ल्याइेको आइसीयु वार्डमा नौ उपचार भैरहेको भन्दै थाहा पाएपछी एक जना आफ्नत भित्र पसेर बिरामीलाई हेर्दा बिरामी बोल्न सक्ने अवस्थामा नरहेको र अक्सिजन दिएको देखे पछी डाक्टरहरुसंग बुझ्दा ‘बिरामीको अवस्था अत्यन्त नाजुक अवस्थामा छ भन्ने थाहा पाएको बताए ।बाहिर टाँसीएको बोर्डमा बिरामीको सूचीमा उनको नाम थिएन। बिद्रोही ने,क,पा,को नेता भएको कारण प्रहरी प्रशासनको दबाबमा अस्पताल प्रशासनले समेत हेल्चेक्र्याइ गरेको  उनका आफन्तले बताएका छन । 

    आक्रोशित आफन्तले बाहिर निस्किएर उपचारमा बेवास्ता गरिएको, ढिलाई भएको भन्दै होहल्ला गर्न थाले। उनीहरुको हो हल्ला गर्न थालेपछि प्रहरीहरु त्यहाँबाट हराए । म्याग्दीको अति बिकट गाउँ मालिका गाउपालिकाको वडा नम्बर ५ बाट बढो दु:ख गरेर आएका उनका आफन्तले सोधीखोजी र गुगलमा खोजेरै भए पनि ठुला ठुला मिडियाका पत्रकारहरुलाई खबर गरे। तर सबैको एउटै जवाफ थियो, “पहिला उपचार गर्नुस। ” उनीहरुले पत्रकारहरुको बाटो हेरिबसे कोही आएनन। यता बिरामी कृत्रिम स्वासप्रस्वास गराएर जीवित राखेको छ।

    म्याग्दी जिल्लामा सादा जीवन उच्च विचारका नेता जागेंद्र पुनलाई  समेतका व्यक्तिहरुलाई प्रहरीले शुरुमा करीब छ नहिना अघि गौ हत्याको आरोपमा गिरफ्तार गरेको थियो। त्यति बेला उनलाई अदालतले पचास हजार रुपियाँ धरौटी बुझाएर साधारण तारेखमा छुटे।

    साधारण तारेखमा छुटेका उनी दुई पटक तारेख धान्न पनि गए , तर त्यसपछि उनले तारेखमा जाने झन्झट त्यागिदिए। तैपनि उनले तारेख धान्ने पर्ने फेरी महशुस गरे र फेरी तारेख लिन जादा पक्राउ परे र उनलाई प्रहरीले अभद्र ब्यबहार मुद्दा लगायो। अन्तमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक लाख रुपियाँ दरौतीमा छाड्ने आदेश दियो।

    उनीसंग त्यति ठुलो रकम हुने कुरै थिएन। पार्टीले पनि वास्ता गरेन। आफु हिरासतमुक्त हुने आशामा उनले आफ्नो गाउँको घरको लालपुर्जा ल्याएर धन जमानत राखे र छुटे पनि। तर प्रहरीले प्रशासनको गेटबाटै फेरी गिरफ्तार गर्यो र पर्वत पठायो।

    यस अघि पनि २०७२ सालको चुनावमा , २०७५  र ७६ सालमा पनि राजनैतिक आस्थाका आधारमा राज्यवाट अभद्र व्यवहार् वारम्बार लामो हिरासतमा वसेका पुनका आफन्त न्यायको खोजीमा छ्न। दुई महिना अघि मात्र पत्नी शोकमा रहेका पुन अहिले आफै जिवन मरणको दोसारमा छन ।
    130476099_385351379387295_8336371529281383254_n.jpg

  • सम्बन्धित विषय:

  • # जगेन्द्र पुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology