Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ललिता निवास जग्गा प्रकरण

ललिता निवास जग्गा प्रकरण : पूर्व अख्तियार प्रमुख बस्न्यात पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान

ललिता निवास जग्गा प्रकरण : पूर्व अख्तियार प्रमुख बस्न्यात पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २८, २०७७ आइतवार • २२:१६:०८ बजे
  • 1.8K
    SHARES
  • ललिता निवास जग्गा प्रकरण : पूर्व अख्तियार प्रमुख बस्न्यात पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान
    ललितानिवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका पूर्व अख्तियार प्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले थुनामा राख्ने आदेश दिएको छ । 

    अदालतको आदेशलगत्तै बस्न्यातलाई डिल्लीबजार कारागार लागिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।

    बयानका लागि आइतबार विशेष अदालतमा उपस्थित बनाएका बस्न्यातसँगको बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा राख्न आदेश दिएको हो । 

    विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पाण्डेले जानकारी दिए।

    उनलाई धरौटी नमागी पुर्पक्षको लागि डिल्लीबजार कारागार पठाएको उनको भनाइ छ ।

    बस्न्यातलाई तत्कालीन समयमा भौतिक मन्त्रालयका सचिवको हैसियतले अख्तियारले अभियुक्त बनाएको थियो। बस्न्यातविरुद्ध अख्तियारले जनही ९ करोड ६५ लाख ७६ हजार बराबरको बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

    गत वर्ष २२ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा १७५ जना उपर विशेष अदालतमा आरोपपत्र दायर गर्‍यो।

    केही दिनअघि अभियोग लागेका तत्कालीन मन्त्री चन्द्रदेव जोशी अदालतमा हाजिर भएका थिए। उनलाई भने अदालतले साधारण तारेखमा छोडेको थियो।

    मुद्दा चलाइएका पूर्व विशिष्ट व्यक्तिहरुमध्ये अहिलेसम्म तत्कालीन भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदार मात्रै अदालतमा उपस्थित भएका छैनन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology