Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा विवाद मिलाउने कार्यदल भङ्ग

नेकपा विवाद मिलाउने कार्यदल भङ्ग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७७ सोमवार • १४:४४:४० बजे
  • 1.2K
    SHARES
  • नेकपा विवाद मिलाउने कार्यदल भङ्ग

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधानका लागि अनौपचारिक रुपमा गठन गरिएको कार्यदल दुई दिन पनि टिक्न सकेन ।
    नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट दुई दुई नेता रहेको अनौपचारिक कार्यदल गठन गरिएको थियो । सो कार्यदलको गतिविधि नै विवादास्पद भएको भन्दै भंग गर्न दुवै अध्यक्ष सहमत भएको सचिवालय सदस्यले बताए ।

    images

    दुवै पक्षका आ–आफ्ना अडानमा सहमतिको विन्दु कहाँ भेटिन्छ भनेर महासचिव विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनको एक कार्यदल बनाएका थिए । यी चारै जना नेताहरु आइतबार बिहान अध्यक्ष ओली र प्रचण्डबीच भएको वार्तामा पनि सहभागी थिए ।

    वार्तामा रहेका नेताहरुले दुई अध्यक्षबीच कति विषय सहमति नजिक पुग्न सकिन्छ भनेर खाका बनाएका थिए । सो खाका नै विवादित भएपछि कार्यदल भंग गरी अध्यक्ष ओली र प्रचण्डले वान टु वान संवाद गरेर विवाद समाधान गर्ने तय गरेका छन् ।

    चारै नेताले दुवै अध्यक्षका अडानका बीचमा सहमतिको विन्दु बनाएर एजेण्डा बनाएका थिए । सो कार्यदलले शीर्ष नेताहरुलाई पार्टीभित्र कसरी व्यवस्थापन वा जिम्मेवारी दिन सकिन्छ भन्ने विषयमा खाका तयार पारेका थिए । खाका तयार हुँदानहुँदै बाहिरिएपछि कार्यदल नै विवादित बनेको थियो ।

    सोही कार्यदलले तयार पारेको खाकाअनुरुप नै सोमबार बिहान ओली–प्रचण्डबीचको छलफलमा सबै नेतालाई सम्मान प्रदान गर्ने, सरकार र पार्टीलाई सबै नेताले अपनत्व बनाउने गरी कसरी परिचालन गर्न सकिन्छ भनेर विषयहरुमा छलफल भएको थियो ।

    विवादित विषयको समाधानका लागि अध्यक्षहरुबीचको आपसी सहमतिमा टुंगोमा पुर्याउने विषयमा आज बिहान भएको छलफलमा निचोड निकालेका छन् ।

    दुवै अध्यक्ष घनिभूत छलफलमा जुट्नुपर्ने भएकाले आजका लागि बोलाइएको स्थायी कमिटीको बैठक बुधबार विहानसम्मका लागि स्थगित भएको छ । मंगलबारसम्म सहमति जुटे बुधबारको बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने नेताहरुले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology