Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाली कांग्रेसको सोमवार देशव्यापी प्रदर्शन, कुन जिल्लामा कुन नेताको सम्बोधन हुँदै ?

नेपाली कांग्रेसको सोमवार देशव्यापी प्रदर्शन, कुन जिल्लामा कुन नेताको सम्बोधन हुँदै ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २८, २०७७ आइतवार • २२:२४:५५ बजे
  • 1.5K
    SHARES
  • नेपाली कांग्रेसको सोमवार देशव्यापी प्रदर्शन, कुन जिल्लामा कुन नेताको सम्बोधन  हुँदै ?
    नेपाली कांग्रेसले सोमवार देशव्यापी प्रदर्शन गर्ने तयारी गरेको छ । सर्वसत्तावाद र भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउन भन्दै प्रदर्शनमा सहभागी हुन अधिकांश नेताहरू खटाएको जिल्लामा पुगेका छन् । देशका प्रमुख शहरमा हुने प्रदर्शनमा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् । 

    भोलि सोमवारको प्रदर्शनमा सभापति शेरबहादुर देउवा मकवानपुर, वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं र उपसभापति विमलेन्द्र निधि भक्तपुरको सभामा सहभागी हुनेछन् । महामन्त्री डा। शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर र अर्का महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय कार्यालयमा बसेर ७७ वटै जिल्लामा समन्वय गर्नेछन् । 

    नेता अर्जुननंसिह केसी पोखरा, प्रकाशमान सिंह जनकपुर, रामशरण महत चितवन र गुरुराज घिमिरे खोटाङको कार्यक्रममा सहभागी हुनेछन् । प्रदर्शनको पूर्व सन्ध्यामा कांग्रेस सभापति देउवाले एक अपील प्रकाशित गरी सामाजिक दूरी कायम गरेर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । 

    ‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ अपीलमा देउवाले भनेका छन्, ‘यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकार प्रतिको वितृष्णा मूलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वाभाविक हक हो । अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’

    पुल उद्घाटनका क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले मंसिर २९ गतेका लागि प्रदर्शन गर्ने तयारी गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # देशव्यापी प्रदर्शन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology