Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकार इतिहासकै भ्रष्ट भएको गगनको आरोप

सरकार इतिहासकै भ्रष्ट भएको गगनको आरोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७७ सोमवार • १६:०९:२८ बजे
  • 1.7K
    SHARES
  • सरकार इतिहासकै भ्रष्ट भएको गगनको आरोप

    नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले यो सरकार इतिहासकै भ्रष्ट भएको आरोप लगाएका छन् । थापाले अहिलेको सरकार भ्रष्ट। नैतकता नभएको र अधिनायकवाद उन्मुख भएको आरोप लगाएका हुन् ।

    images

    प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको विरोधमा आयोजना गरेको देशव्यापी प्रदर्शनको क्रममा कैलाली पुगेका थापाले सरकारमाथि विभिन्न आरोप लगाएका हुन् । उनले अहिलेको सरकारमा रहेका मन्त्रीहरु अत्यधिक भ्रष्ट भएको आरोप लगाएका छन् ।

    थापाले अहिलेको सरकारका गृहमन्त्री राम बहादुर थापा आफै बलात्कार र हत्याका विभिन्न घटनामा संलग्नको संरक्षक रहेको पनि आरोप लगाएका छन् । उनले निर्मला हत्याकाण्डसहितका घटनामा गृहमन्त्रीको संरक्षण रहेको आरोप लगाए ।

    यस्तै थापाले अहिलेको सरकारको अर्थमन्त्री विष्णु पौडेललाई बालुवाटार हडपेको आरोप लगाएका छन् । उनले स्वास्थ्य सामग्री खरिद प्रकरण र यी सबैजनालाई प्रधानमन्त्री केपी शर्मा ओली आफैले संरक्षण दिइरहेको पनि आरोप लगाएका छन् ।

    सत्ता स्वार्थमा रातारात तत्कालीन एमाले र माओवादी पार्टीबीच एकीकरण भएको भन्दै अहिले भागबन्डाका कारण विवाद भएको बताएका छन् । नेकपामा लोभीपापीहरु मात्रै रहेको पनि उनले आरोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology