प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको विरोधमा आज देशभर प्रदर्शन गरेको छ । कांग्रेसको केन्द्रीय कमिटीको आयोजनामा देशभर ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन भएको हो ।

भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध भन्दै कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गरेको हो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटनको विषयमा प्रहरीले नियन्त्रणमा लिएसँगै कांग्रेसले आन्दोलनको सुरुवात गरेको थियो ।

सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ ।







