Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

काल !

काल !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७७ सोमवार • १९:२४:२३ बजे
  • 2.2K
    SHARES
  • काल !
    बलाराम तिमिल्सिना
    काल आइरहेको छ
    काल गैरहेको छ 
    हामी कालको घोडा चढेर 
    बिगतबाट बर्तमान हुँदै
    भविष्यतिर दौडिरहेका छौं !

    काल आइरहेको छ
    काल गैरहेको छ 
    काल हाम्रो अलिकति आयु खोसेर
    भविष्यतिर चिप्लिरहेको छ !

    अलग अलग घरमा
    काल अलग अलग अनुहारमा आइरहेछ
    कतै सहकाल भएर
    कतै अनिकाल भएर 
    कतै सुखदकाल भएर
    कतै दुखदकाल भएर 
    कतै अकाल भएर 
    काल आइरहेकको छ
    काल गैरहेको छ
    जिन्दगीको डिलमा बसेर
    हामी काललाई हेरिरहेका छौं !

    कैले काल आउँछ 
    र मुस्कान दिएर जान्छ
    कैले काल आउँछ 
    र औंला ठड्याएर जान्छ 
    कैले काल आउँछ र मौका दिएर जान्छ
    कैले काल आउँछ र सातो लिएर जान्छ 
    काल आइरहेको छ
    काल गैरहेको छ
    हामी कालसँग 
    लुकामारी खेल्दै खेल्दै
    आफ्नो आयु घटाइरहेका छौं !

    कालसँग खेल्दा खेल्दै
    हामी रगतको डल्लोबाट मान्छे बन्यौं
    कालसँगै घस्रदै घस्रदै हामी
    सरसृपबाट चौपाया हुदै दोपाया बन्यौं
    कालसँग नजर जुधाउँदै 
    हामी किशोर हुदै युवा भयौं
    कालसँग लाप्पा खेल्दै
    हामी प्रौढ हुँदै वृध्द बन्ने छौं 
    र एक दिन कालले भन्ने छ-
    'अव तेरो मसँगको यात्रा सकियो'
    यसो भनेर काल अघि बढ्ने छ
    हामी माटो खरानी बनेर 
    यही धरतीमा मिसिने छौं !

    काल आइरहेको हुनेछ
    काल गैरहेको हुनेछ
    मात्रै त्यसपछि हामीलाई थाहा हुने छैन ।

    भक्तपुर

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology