बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले विभिन्न अनलाइन र युट्युवहरुले आफ्नो बारेमा भ्रामक समाचारहरु लेखेको भन्दै आक्रोश पोखेका छन् ।
उनले छुट्टिसकेको सम्बन्धलाई तथ्यहीन तर्कहरु राखेर आफ्नो बेइजत गरेको फेसबुकमा स्टाटस लेखेका छन । सामाजिक सन्जालमा आफ्नोबारे बारम्बार अनावश्यक टीका टिप्पणी गर्नुका साथै युटुबमा आफ्ना बाल बच्चाहरुको फोटोको दुरुपयोग गरेको बताएका छन् । यो क्रियाकलापले आफ्नो छोरा छोरीको पढाइ र जीवन आघात परिरहेकोले अब कानुनी उपचार तर्फ लागेको पनि बताएका छन् ।
