Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संवैधानिक परिषद्को बैठक एक सातामै दुई पटक स्थगित : ओलीलाई अफ्ठ्यारो

संवैधानिक परिषद्को बैठक एक सातामै दुई पटक स्थगित : ओलीलाई अफ्ठ्यारो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३०, २०७७ मंगलवार • १२:३७:०२ बजे
  • 931
    SHARES
  • संवैधानिक परिषद्को बैठक एक सातामै दुई पटक स्थगित : ओलीलाई अफ्ठ्यारो

    एक महिनाभित्र नियुक्तिको प्रक्रियामा जानुपर्ने संवैधानिक निकायका पदाधिकारीहरुको सिफारिस गर्ने संवैधानिक परिषद्को बैठक नै एक सातामै दुई पटक स्थगित भएको छ । विभिन्न निकायमा नियुक्तिको सिफिारिस गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठक स्थगित भएको हो ।

    images

    परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले डाकेको बैठक कोरम नपुगेर स्थगित हुँदै आएको छ । संवैधानिक परिषद्मा ६ जना सदस्य रहने व्यवस्था रहेकामा अहिले १ सदस्य रिक्त रहेको अवस्था छ । बाँकी ५ जना सदस्य सबै उपस्थित भएको अवस्थामा मात्रै बैठक बस्न सक्नेछ ।

    परिषद्को बैठक बस्नका लागि परिषद्को अध्यक्ष र कम्तिमा चार जना सदस्य उपस्थित भएको अवस्थामा मात्रै गणपुरक संख्या पुगेको मानिने संवैधानिक व्यवस्था रहेको छ । अहिलेको अवस्थामा कायम कुनै एक सदस्य मात्र उपस्थित नहुँदा बैठक बस्न नसक्ने अवस्था रहेको छ ।

    यही संवैधानिक व्यवस्था र सत्तारुढ नेकपाको आन्तरिक कलहमा परिषद्को बैठक अनिश्चित बनेको हो । प्रधानमन्त्री ओलीले आज डाकेको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता शेरबहादुर देउवा उपस्थित भएपनि सभामुख अग्नि सापकोटा नजाँदा बैठक रोकियो ।

    नेकपाको आन्तरिक समिकरणमा सभामुख सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षमा रहेका छन् । पार्टीमा दुई अध्यक्ष ओली र प्रचण्डबीच विवाद बढिरहेको अवस्थामा परिषदमा बैठकमा सभामुख सापकोटाको अनुपस्थिति अर्थपूर्ण छ ।

    परिषद्को बैठक बस्नका लागि अहिले उपलब्ध सदस्यहरुमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना र प्रतिपक्षी दलका नेता देउवा रहेका छन् । उपसभामुख पद भने रिक्त छ ।

    विगत १३ महिनादेखि परिषद्को बैठक बस्न सकेको छैन । परिषद्को बैठक नबस्दा निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायमा प्रमुख तथा सदस्यहरू गरेर ४५ जना नियुक्त हुन बाँकी रहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology