Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्रिपरिषद् बैठक सकियो

मन्त्रिपरिषद् बैठक सकियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३०, २०७७ मंगलवार • १४:२२:५९ बजे
  • 1.9K
    SHARES
  • मन्त्रिपरिषद् बैठक सकियो

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । करिब २ घण्टा बसेको बैठक सकिएको हो ।

    images

    सातामा सोमबार र बिहीबार नियमित बस्ने गरेको बैठक आज बसेको हो । आजको बैठकमा समसामयिक विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

    विगत नौ महिनादेखि बन्द फिल्म गतिविधि सर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । मंगलबार बसेको मन्त्री परिषद बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न ससर्त अनुमति दिएको हो । तर, फिल्म हल खुलाउने निर्णय चाहिँ भएको छैन ।

    मन्त्रालयले फिल्म गतिविधि ससर्त खुला गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लगेको थियो । फिल्म हलको छाता संस्था चलचित्र संघले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुला गर्ने घोषणा गरिसकेको छ । तर, सरकार यस कुरामा भने मौन छ ।

    फिल्म छायांकन गर्दा अब कास्ट एन्ड क्रिउले अनिवार्य कोभिड–१९ मापदण्ड पालना गर्नुपर्ने हुन्छ । विश्वव्यापी कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको थियो । लकडाउने लगत्तै फिल्मको छायांकन रोकिएको थियो ।

    सरकारले अनुमति नदिएपनि केही फिल्म छायांकन सुचारु भएको थियो भने, म्युजिक भिडियो छायांकन निरन्तर थियो । 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology