Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३०, २०७७ मंगलवार • १६:१३:१७ बजे
  • 1.4K
    SHARES
  • अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

    सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् ।

    images

    प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका उनका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले नागरिकखबरलाई जानकारी दिए ।

    कार्यकारी अध्यक्ष प्रचण्डले भनेका छन्, ‘यसअघि विरोध भएपछि फिर्ता भएको अध्यादेश आउनु आपत्तिजनक छ । सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो । यो बदनियतपूर्ण छ र तरुन्त खारेज हुनुपर्छ ।’

    कम्तिमा पाँचजनाको उपस्थितिमा परिषद् बैठक बस्ने व्यवस्था परिवर्तन गरेर सरकारले बहुमत सदस्यको उपस्थितिमा बैठक बसेर निर्णय गर्न सक्ने प्रावधानसहित अध्यादेश आज नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले आधा घन्टाभित्रै अध्यादेश जारी गरेकी छन् । यो अध्यादेश अध्यादेश यसअघि चर्को विरोधपछि फिर्ता भएको थियो ।

    नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा परामर्श नगरेरै बिहान संवैधानिक परिषद् बैठक बोलाएका थिए । तर, बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन् । त्यसपछि ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर अध्यादेश जारी गरेका हुन् । अध्यादेशको कांग्रेसले पनि विरोध गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology