Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाको विवाद थप उत्कर्षमा, खुमलटारमा प्रचण्डसहितका नेता छलफलमा

नेकपाको विवाद थप उत्कर्षमा, खुमलटारमा प्रचण्डसहितका नेता छलफलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३०, २०७७ मंगलवार • १७:५८:४५ बजे
  • 1.5K
    SHARES
  • नेकपाको विवाद थप उत्कर्षमा, खुमलटारमा प्रचण्डसहितका नेता छलफलमा

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद थप उत्कर्षमा पुगेको छ । पार्टीमा परामर्स नगरेरै अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि असन्तुष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु खुमलटारमा छलफलमा जुटेका हुन् ।

    images

    एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीले पार्टी बैठक चलिरहेका बेला गैरसंवैधानिक तरिकाले अध्यादेश ल्याएपछिको अवस्थाका विषयमा छलफलमा जुटेको जानकारी दिए । खुमलटार छलफलमा प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहभागी छन् ।

    एक सचिवालय सदस्यले भने, ‘पार्टी विभाजन सजिलो बनाउने अध्यादेश पनि उहाँले जारी गर्न राष्ट्रपति भवन लगेर छाडेको सूचना छ । त्यसैले अब कसरी जाने भन्ने विषयमा छलफल गर्न थालिएको हो । भोलिको बैठक अगाडि उहाँले चालेका कदमको कसरी प्रतिवाद गर्ने भन्ने विषयमा हामीले छलफल गर्न थालेका हौँ ।’

    नेकपाको विवाद चर्किएको बेलामा सरकारले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि विवाद थप उत्कर्षमा पुगेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology