नेपाली काँग्रेसका प्रवक्ता विश्वकप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यादेशमा समर्थन नखोज्न र खारेज गर्न आग्रह गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले सरकारले ल्याएको अध्यादेश बिल्कुलै गलत भएको टिप्पणी पनि गरेका छन् । प्रवक्ता शर्माले अध्यादेशमा काँग्रेसको प्रष्ट विमति रहेको बताएका छन् ।
उनले व्यङ्ग्य गर्दै भनेका छन्, ‘काम कुरो एकातिर कुम्लो बोकी ठोरी तिर ?’