Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेता पुनको निधन प्रकरण: महासचिब बिप्लबले गरे छानबिनको माग

नेता पुनको निधन प्रकरण: महासचिब बिप्लबले गरे छानबिनको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३०, २०७७ मंगलवार • १९:२२:१२ बजे
  • 2.5K
    SHARES
  • नेता पुनको निधन प्रकरण: महासचिब बिप्लबले गरे छानबिनको माग

    नेपाल कम्युस्टि पार्टीका महासचिव विप्लवले सरकारको नियन्त्रणमै रहँदा उपचार नपाएर बिद्रोही ने.क.पा. म्याग्दीका नेता जगेन्द्र पुन ‘जगत’ को मृत्यु भएकाले उक्त घटना छानबिन गर्न मानवअधिकारवादीहरूसमक्ष आह्वान गरेका छन् ।

    images

    महासचिव विप्लवले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी राज्यको नियन्त्रणमा रहेको र बिरामी अवस्थामा समेत उपचार नपाई नेता जगतको मृत्यु भएकाले बिद्रोही ने.क.पा. र राजबन्दीप्रतिको राज्यको वास्तविक चरित्र र व्यवहार छर्लङ्ग भएको पनि बताएका छन् ।

    महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘म्याग्दीका लोकप्रिय नेता कमरेड जगेन्द्र पुन ‘जगत’ को अस्वाभाविक मृत्युको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको नियन्त्रणमा रही बिरामी अवस्थामा समेत उपचार नपाई मृत्यु भएको घटनाले राज्यको वास्तविक चरित्र र राजबन्दीप्रतिको व्यवहार छर्लङ्ग भएको छ । आफू बिरामी भएको जानकारी गराउँदासमेत समयमै उपचारकार्यमा बेवास्ता गरी जेल प्रशासनसमेत आपराधिक कार्यमा संलग्न रहेको स्पष्ट हुन्छ ।’

    महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘कमरेड जगेन्द्र पुन ‘जगत’ को मृत्युका बारेमा सत्यतथ्य छानबिन गर्न सम्पूर्ण मानवअधिकारवादी, कानुनविद् र सम्बन्धित सबैसँग हार्दिक अनुरोध गर्दछौँ । साथै यस घटनाका दोषीप्रति कारबाही गर्न आग्रह गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…
    C6E0928B-BB39-4CC8-9D78-1B0CA79AD0E9.jpeg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology