Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पुन : दोहोरियो विद्यार्थी नेता सुबेदीको ठगी धन्दा

पुन : दोहोरियो विद्यार्थी नेता सुबेदीको ठगी धन्दा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३०, २०७७ मंगलवार • २०:१२:१० बजे
  • 8.3K
    SHARES
  • पुन : दोहोरियो विद्यार्थी  नेता सुबेदीको ठगी धन्दा

    म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू उप–सभापति इश्वर सुवेदीको लापरबाहिको कारण एक विद्यार्थी परिक्षा दिनबाट बञ्चित भएको रहस्य खुलेको छ ।

    स्नातक तहको व्यवस्थापन संकायतर्फ चौथो बर्षमा अध्ययतरत मालिका गाउँपालिका–६ दिच्यामका शिव आचार्य मंसिर २९ गतेदेखि सुरु भएको परिक्षामा सहभागी हुनबाट बञ्चित भएका हुन् ।

    आफ्नो कार्य व्यस्तताका कारण क्याम्पसमा आउन नसकेपछि विद्यार्थी नेता सुवेदीसंगको कुराकानीका आधारमा फोटो निकाल्ने शुल्क सहित क्याम्पसको भर्ना, मासिक र परिक्षा शुल्क समेत गरि २२ हजार ५ सय रुपैयाँ सुवेदीको खातामा जम्मा गरेको तर सुवेदीले लापरबाही गरेको कारण परिक्षा दिनबाट आफु बञ्चित भएको बताए  ।

    दरबाङ स्थित एक वित्तिय संस्थामा कार्यरत रहेको कारण क्याम्पसमा आफु आउन नसक्ने र तत्कालिन स्ववियूका कार्यबाहक सभापति समेत रहेका सुवेदीसंग चिनजान भएकाले विश्वास गरि परिक्षा फर्म समेत भरिदिने बचन पाएपछि आफु आबद्ध रहेको संस्थाको सहकर्मी मार्फत सुवेदीको गरिमा विकास बैँकमा रहेको खातामा पैसा जम्मा गरिदिएको आचार्यको भनाई छ ।

    ‘‘२०७६ पौस १ गते सुवेदीको खातामा पैसा जम्मा गरिदिएको थिए, त्यसपछि पटक पटक सम्पर्क गरि फर्म भरे÷नभरेको बारेमा जानकारी लिदाँ उहाँले भर्ना र परिक्षा शुल्क तिरेर फर्म भरिदिएको भनि फोन र म्यासेजबाट विश्वस्त पार्नुभयोे, त्यसपछि म ढुक्क भएँ तर मंसिर २८ गते प्रवेश पत्रका लागि क्याम्पसमा सम्पर्क गर्दा आफ्नो फर्म नै नभरिएको पाएपछि छाँगाबाट खसेजस्तो भएँ’’–आचार्यले भन्नुभयो ।

    तेस्रो बर्षमा समेत सुवेदीलाई नै सबै शुल्क बापतको रकम उपलब्ध गराएपछि सुवेदीले नै परिक्षा फर्म भरिदिएको कारण आफुले विश्वास गरि उनी मार्फत सहयोग लिन पुगेपनि आफुलाई ठुलो घात गरि परिक्षा नै दिनबाट बञ्चित गराएको आचार्यको दुखेसो छ । ‘‘ सुरुमा सबै काम गरिदिएको जानकारी दिनुभयो’ आचार्यले भन्नुभयो, अहिले परिक्षा नै दिन नपाउने भएपछि लकडाउनका कारण आफुले समयमै फर्म भरिदिन नसकेको उहाँले जबाफ दिनुभएको छ ।’

    आचार्यले स्ववियूका जिम्मेवार नेतालाई विश्वास गर्दा आफु पीडित बन्नुपरेको बताउँदै अन्य विद्यार्थीहरुलाई यस्ता ब्यक्तिबाट जोगिन अनुरोध पनि गर्नु भएको छ।

    सुबेदीका यस भन्दा अगाडी पनि यस्तै दुई वटा बिषयहरु बाहिर आईसकेको छ । तर सम्बन्धित पिडितहरुले एक पटकलाई माफी दिएको र उनि संलग्न संगठनले कुनै पनि कार्बाही नगरेको कारण पटक पटक यस्ता घटना दोहोराउॅदै हिडेको उनकै संगठनका एक नेताले नाम नखुलाउने सर्तमा बताए ।

    images

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology