Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत - प्रवक्ता श्रेष्ठ

प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत - प्रवक्ता श्रेष्ठ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १, २०७७ बुधवार • ०८:५२:३० बजे
  • 1.2K
    SHARES
  • प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत  - प्रवक्ता श्रेष्ठ
    अप्रत्यासित ढंगले अध्यादेश ल्याउनु गलत भएको  भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको अध्यादेश तुरुन्तै फिर्ता गर्न माग गरेका छन्।

    सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै श्रेष्ठले प्रधानमन्त्रीले अप्रत्यासित ढंगले अध्यादेश ल्याउनु गलत भएको समेत उल्लेख गरेका हुन ।
    kaji.jpg

    'अहिले सत्तारूढ हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइसकेको छ,'उनले भनेका छन्,'यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत छ। तसर्थ अध्यादेश तत्काल फिर्ता लिनु पर्दछ।'
    अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानाकारी नभएको र जारी गरिएपछि पार्टीमा कुनै छलफल नभएको उनले बताएका छन्।

    स्थायी कमिटी बैठकमा यसबारेमा छलफल हुने अपेक्षा गर्दै उनले आफ्नो निजी विचार मात्रै राखेको स्पष्ट पारेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology